भारत- पाक विभाजनको बेला छुट्टिएका दाजुभाईको जब ७४ वर्षपछि पुनर्मिलन भयो…

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

इस्लामाबाद । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो । भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र- भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिएको थियो । विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ ।

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् । सिद्दिकीले विभाजनपिछ भारतकाे पन्जाबकाे फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।

तपाइको प्रतिक्रिया
(Visited 510 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक ४.६६ अंकले बढ्यो