जनकपुरधाम । जनकपुरमा होली धुमधामसँग मनाइएको छ । होलीमा रङसँगै जोडिएर आउने अर्को खाद्य पदार्थ हो भाङ । होलीसंगै भाङको चर्चा यसपाली निकै भयो । तराईका हरेक चोक होलीको रङमा रङ्गिएका थिए चोकचोकमा भाङ बनाउनेहरू निकै देखिए ।

होलीमा भाङको विशेष महत्व हुने जनकपुरधाम– ४ का कुशेश्वर झा बताउँछन् । होली र भाङको सम्बन्ध पुरानो रहेको उनको भनाइ छ । ‘होलीमा भाङ सेवन गर्नुभएन भने तपाइलें होलीलाई अपमान गरिरहनुभएको छ ।’ स्थानियवासी भन्ने गर्छन् ।

भाङलाई हिन्दू संस्कृतिकै एउटा भाग मानिएको छ । यस कारण होलीका दिन मानिसहरू आफ्नो घरमा भाङको गोली र पकवान बनाउँछन् र लस्सीमा मिलाएर सेवन गर्छन् ।

होलीमा घरमा आउने जोकोहीलाई मालपुवा, मासु र भाङले स्वागत गर्ने गरेको समाजसेवी अमरचन्द्र अनिल बताउँछन् । आफूले पनि एक लिटर भाङ को लस्सी खाएको उनले वताए । घरघरमा गएर होली खेल्ने मिथिलामा परम्परा छ । रङ आदानप्रदान हुने र परिकार पनि खुवाउने परम्परा रहेको सांस्कृतिविद् पुनम झाले बताइन् ।

अथर्व वेदमा पवित्र मानिएका ५ वटा बोट (पौधा)मध्ये भाङ पनि एक हो । भनिन्छ, भाङको पातमा देवताको निवास हुने गर्छ । अथर्व वेदमा यसलाई प्रसन्नता दिने र मुक्तिकारी पौधाको श्रेणीमा राखिएको छ । आयुर्वेदका अनुसार भाङको पौधामा औषधीय गुण छ । यसैकारण कुनै भोज होस वा उत्सव हामी भाङ खाने गरेको जनकपुरधाम ६ का महेश दासले वताए ।
होली बाहेकको समयमा पनि जनकपुरधामको विद्यापति चोक, देवी चोक, विश्वकर्मा चोक, रामानन्द चोक लगायतको स्थानमा भाङको विक्री हुने गरेको छ ।

शिवको प्रसाद

भाङ, धतुरो, गाँजालाई भगवान् शिवको प्रसादको रुपमा लिने चलन छ । यही कारणले शिवभक्तहरूले यी चिजको प्रयोग गर्ने गरेको तर्क गर्छन् ।

कथाअनुसार देवता र दैत्य मिलेर अमृतका लागि समुद्र मन्थन गरिरहेका थिए । उक्त समुद्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किइरहेको थियो ।

पवित्र अमृतलाई त भगवान् विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लानुभयो । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो । त्यसको १ थोपाले पनि पृथ्वीमा ठूलो हानि र्पुयाउन सक्थ्यो ।

सृष्टिका लागि विनाशकारी सावित हुन सक्थ्यो । त्यो विषलाई यत्तिकै छोड्न मिल्दैनथ्यो । अब समस्या पर्न गयो कि त्यो विष कसले पिउने ? यसपछि सबै देवताले भगवान् शिवलाई अनुरोध गरे ।

सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे किनकि भगवान् शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्ने सामथ्र्य राख्नुहुन्थ्यो । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान् शिवले उक्त विष पिए ।

तपाइको प्रतिक्रिया
(Visited 535 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु