नारायणी नदी सफा गर्न जुटे अभिनेता राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले सभ्याताको लागि नदीहरु जोगाउनु पर्ने बताएका छन् । सोमबार बिहान नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएपछि उनले यस्तो भनाई राखेका हुन् ।

नदी किनार सफा राख्दा नदी प्रदुषण कम हुनुका साथै त्यसले जलचरलाई स्वास्थ्य रहन मद्धत पुग्ने कथन यी अभिनेताको छ । सोही कारण नारायणी नदी सफाईमा सहभागी भएको उनले बताएका छन् । हमालले स्थानिय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिए हुन आग्रह गर्दै उनले भने, ‘आज हामीले एकदिन, केहिबेर सफाई गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो ।’ अभिनेता हमालले अगाडि थपे,‘यहाँ घुम्न आउने पर्यटकहरुले नै यी कुरा बुझ्नु जरुरी छ । र हामीले हाम्रा नदी किनार सफा राख्दा यो क्षेत्रमा पर्यटकको बृद्धी समेत हुने देखिन्छ ।’

सो क्रममा स्थानीयसँग अभिनेता राजेश हमालले सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका थिए । सफाईको क्रममा उनले झण्डै एक घण्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।

स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले सो कार्यक्रमको आयोजना गथरेको हो । नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानिय बासिन्दाहरु सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)