
अशोक सिलवाल
राजधानी छोएको नुवाकोट । यहीँबाट थोरै दूरीमा पर्छ, फिकुरी डाँडा । अचेल यहाँ पुग्नेको घुइँचो बढी नै लाग्ने गरेको छ । नयाँ ट्रेकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको यो डाँडा ३ हजार ८ सय मिटर उचाइमा रहेको छ ।
फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमाल मात्र होइन, तिब्बती हिमशृंखलासमेत देख्न सकिन्छ । हरिबोधिनी अर्थात् ठूली एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेलासमेत लाग्ने
गरेको छ ।
त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थी यहाँ आइपुग्ने गरेका छन् । फिकुरी पुग्न सके इच्छाएको मनोकामना पूरा हुने जनविश्वाससमेत रहेको छ । रसुवा–नुवाकोट पर्यटन समाज र नेपाल पर्यटन बोर्डले ‘फिकुरी ट्रेकिङ ट्रेल अध्ययन भ्रमण’ गराएपछि यहा“को विशेषता अझ फराकिलो बन्दै छ ।

फिकुरी डाँडाबाट लाङटाङ , गोसाइ“कुण्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमाल मात्र होइन, तिब्बती हिमशृंखलासमेत देख्न सकिन्छ । हरिबोधिनी अर्थात् ठूली एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेलासमेत लाग्ने
गरेको छ
भर्खरै काठमाडौं फर्केका पदयात्रीले ‘ट्रेकिङ ट्रेल’ पहाडी पर्यटनमा महŒवपूर्ण बन्ने विश्वास सा“चेका छन् । फिकुरी डाँडाबाट केही नजिकको ढ्वाछाप भेडीखर्कमा पुगेर ५५ जनाको टोलीले
‘क्याम्पिङ’ गरेका छन् ।
उनीहरूका अनुसार यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो । नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवा ठूलोगाउँ र घलेगढी भएर टुंगिने ‘भर्जिन ट्रेल’मा तामाङ, गुरुङ, नेवार र ब्राह्मण समुदायकोे जीवन, संस्कृति मात्र होइन, परम्परागत कृषि प्रणाली, बिछट्टै राम्रो लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन र अनेक प्रजातिका चराचुरुंगी देख्न सकिन्छ ।

राजधानीबाट सबैभन्दा नजिक रहेको यो ‘ट्रेल’ छोटो र लामो दुवै खाले ट्रेकिङका लागि उपयुक्त छ । राजधानीबाट ९७ किलोमिटर उत्तरपश्चिमस्थित फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाइ“कुण्ड पदयात्रामा जोडिन सकिन्छ ।
फिकुरे डाँडालाई ‘नयाँ पहाडी गन्तव्य’का रूपमा विकास गर्न भ्रमण आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने जानकारी दिएका छन् ।
नेपाल पर्यटन बोर्ड सदस्य एवं टान पूर्वअध्यक्ष दीपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।







