विकास रकम बाँडफाँडमा एकलौटी गरेको भन्दै माईन्युट च्याता च्यात


रामेछाप । नगर प्रमुखले एकलौटी बिकास रकम बाडफाड गरेको भन्दै कार्यपालीकाको बैठकमै सदस्यहरुले माईन्युट च्यातेका छन् । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले चुनावलाई लक्षित गरेर आफूखुसी आफ्नो कार्यकर्तालाई रकम बाँढेको सदस्यहरूले आरोप लगाएका छन् ।

मन्थली नगरकार्यपालिकाको बैठकमा सदस्यहरुले बैठक सुरु हुने बित्तिकै गत बैठकको समिक्षा गर्ने र त्यसपछि मात्र बैठक अगाडि बढ्नु पर्ने अडान लिएपछि दिनभर बैठक स्थलमा हो हल्ला हुनुका साथ अबरुद्ध भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले आफ्नो पार्टी संघ र प्रदेशमा पनि संलग्न भएपछि आएको करिब करिब ५ करोड रुपैयाँलाई २ लाख भन्दा माथिका टुक्रे योजना मार्फत आगामी स्थानिय निर्वाचन लक्षित बनाएर आफना आसेपासे र कार्यकर्तालाई मनपरि ढंगले वितरण गरेको भन्दै सदस्यहरुले माईन्युट र आवश्यक कागजाज झिकाउन माग गरेका थिए ।

नेकपा माओबादी निकट वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले यस अघि गरेको कामको प्रमाण र माईन्युट ल्याएर समिक्षा नगरेसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि बैठकमा भनाभन र हो हल्ला हुँदा दिनभर जसो बैठक अवरुद्ध भएको थियो । नगर प्रमुखले माईन्युट र कागज जुटाउन समय लाग्ने भन्दै दिनभरिनै झुलाए ।

प्रमुख प्रशासकिय अघिकृत लिलाराज पौडेलले भने ‘माईन्युटनै च्यातिएको खबर पछि मात्र थाहा पाएँ। त्यसवाहेक आफुलाई कुनै जानकारी छैन ।’

दिनभरको अबरोध भएपछि बेलुकी ४ बजे मात्र माईन्युट झिकाईएको थियो । माईन्युटमा यस अघिको बैठकको पुछारको हस्ताक्षरलाई छोपेर कारिब ५ करोड बजेटका ९० योजना ४ वटा पानामा टाँसी बद्नियतपूर्ण र जालसाजी तरिकाले नगर प्रमुख बस्नेतले काम गरेको पाएपछि कार्यपालिकाका सदस्यहरुले बैठकमा नै माईन्युट च्यातेका थिए ।

पालीका सदस्यहरूले यस ’boutमा कानुनी अबस्था र पालीकाका सदस्यहरुको अधिकारका विषयमा पनि जानकारी गराएपछि नगर प्रमुख बस्नेतले सबै काम आफुले मात्र गरेको र यसमा प्रशासकिय अधिकृतको समेत केहि दोष नभएको भन्दै माफी मागे पछि आफुहरु मौन रहेको एक सदस्यले बताए । उनले यस विषयमा पुन छलफल गरेर मात्र के गर्ने भन्ने विषयमा अघि बढ्ने सहमति भएको पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद