सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता


सर्लाही । सर्लाहीमा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि ६ हजार १ सय १ जनाको उम्मेदवारी परेको छ । सर्लाहीको २० वटै पालिका गरी नगर प्रमुख तथा अध्यक्षमा ३ सय २८ जना, उपप्रमुख तथा उपाध्यक्षमा १ सय ७२ जनाकाे उम्मेद्वारी परेकाे छ । वडा अध्यक्षमा १४ सय ८४ जना, सदस्यमा २ हजार ९० जना, महिला सदस्यमा १ हजार ३६ जना र दलित महिला सदस्यमा ९ सय ९१ जना गरी ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।

प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य लगायतको पदहरुमा ईश्वरपुर नगरपालिकामा ३९० जना, चन्द्रनगर गाउँपालिकामा २६९ जना, बरहथवा नगरपालिकामा ६२४ जनाकाे उम्मेद्वारी परेकाे छ । त्यस्तै बागमती नगरपालिकामा २०८ जना, मलंगवा नगरपालिकामा ३९९ जना, लालबन्दी नगरपालिकामा ४ सय २४ जना, हरिवन नगरपालिकामा २ सय ८७ जना, कविलासी नगरपालिकामा ३१५ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी कौडेना गाउँपालिकामा २२६ जना,चक्रघट्टा गाउँपालिकामा २४३ जना, धनकौल गाउँपालिकामा १९० जना, पर्सा गाउँपालिकामा २४१ जना, बलरा नगरपालिकामा ३९१ जना, बसबरीया गाउँपालिकामा ८४ जना, ब्रह्म्पुरी गाउँपालिकामा २३० जनाकाे उम्मेद्वारी परेकाे छ । रामनगर गाउँपालिकामा २६८ जना, विष्णु गाउँपालिकामा २८६ जना, हरिपुर नगरपालिकामा २३५ र हरिपुर्वा नगरपालिकामा ३१७ जना को उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।सोमवार सर्लाहीको २० वटै पालिकामा विभिन्न राजनैतिक दलले साँझ अबेर सम्म मनोयन दर्ता गराएका थिए ।

यसैगरी सोमवार मुख्य राजनैतिक दलहरु सहित केहि साना राजनैतिक दलले समेत सर्लाहीमा निर्वाचन आयोगले बनाएको आचारसंहिताको धज्जी उडाएका थिए । सर्लाहीका राजनैतिक दलहरुले मनोयन गर्न आउँदा चुनावी -यालीमा बालबालिका र विद्यालयका बसको प्रयोग गरेका थिए । मनोयनको समयमा डिजे बाजा सहित -याली गरेको तथा भारतीय नम्बर प्लेटको सवारी साधनको प्रयाग गरेर आचारसंहिता उलंघन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 430 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी