दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही


टीकापुर(कैलाली) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीले दुई जिल्ला सदस्य सहित ७ जनालाई कारबाही गरेको छ । एमालेले पार्टीको निर्णय नमानेको भन्दै दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा कैलालीका जिल्ला सदस्य नेत्र मैनाली, गौरीगंगा नगरपालिका–१ का जगतराम चौधरी, गोदावरी नगर कमिटी उपाध्यक्ष बलबहादुर चौधरी, घोडाघोडी नगर कमिटी सदस्य सञ्जय चौधरी, बर्दगोरिया गाउँ कमिटी सदस्य पदम बुढा थापा, गोदावरी नगरपालिका–४ का वडा कमिटी अध्यक्ष प्रेम भण्डारी र पार्टी सदस्य राम बहादुर मल्ल रहेका छन् ।

जगतराम गौरीगंगा नगरपालिका–१ का निबर्तमान वडाध्यक्ष हुन भने गोदावरी नगरपालिका ४ का वडाध्यक्ष भण्डारी पनि निबर्तमान वडाध्यक्ष हुन् ।

आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको नीति विपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूलाई कारबाही गरिएको एमाले कैलालीका उपसचिव लोकेन्द्र शाहीले बताए ।

मैनाली अखिलको सुदूरपश्चिम अध्यक्ष समेत हुन् । उनले धनगढी उपमहानगरपालिका–१९ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल