पाल्पा । पुर्वखोला गाउँपालिकामा नेकपा एमाले सवै पदमा विजयी हासिल गरेको छ । एमालेले ६ वटै वडा सहित अध्यक्ष र उपाध्यक्ष पदमा विजय हासिल गरेको हो । पालिकाको अध्यक्षमा नेकपा एमालेका नुन बहादुर थापाले ६०३९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनले गठवन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका मिन प्रसाद गिरीलाई ४७८२ मतले पराजित गरेका हुन । उपविजेता गिरीले १२५७ मत मात्र पाएका थिए । यसै गरी उपाध्यक्ष पदमा नेकपा एमालेकै भागिरथी भट्टराई ५,८९४ मत ल्याई विजयी भईन् । भट्टराईले गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसकी विष्णुकुमारी आचार्यलाई ३६४४ फराकिलो मतले पराजित गरिन् । उपविजेता बनेकी नेपाली काँग्रेसकी आचार्यले २२५० मत पाएकी थिईन् ।
तिनाउ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी
तिनाउ गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका श्रेष्ठले ६२४ मतले गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठलाई पराजित गरे । एमालेका उम्मेदवार श्रेष्ठले ५०९० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका राजेश श्रेष्ठले ४४६६ मत ल्याई उपविजेता बने ।
विजेता श्रेष्ठ नयाँ अनुहार हुन भने, निकटतम प्रतिद्धन्दी राजेश श्रेष्ठ २०७४ को स्थानीय तह निर्वाचनमा वडा नंं २ दोभानको वडा अध्यक्ष भएका व्यक्ति हुन् । यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका लाल बहादुर थापा विजयी भए । उपाध्यक्ष थापाले ६१७ मतले नेकपा एमालेकी सावित्रा गुरुङ रानालाई पराजित गरेका हुन् । विजेता थापाले ५०८२ मत प्राप्त गरे । एमालेकी उपाध्यक्ष उम्मेदवार रानाले ४४६५ मत प्राप्त गरी उपविजेता बनेको तिनाउ गाउँपालिकाका निर्वाचन अधिकृत जर्नादन अधिकारीले जानकारी दिए ।