कान्तिपुर समूह विजेता

मोरङ ।   कान्तिपुर र कोसी कलेज विराटनगरमा जारी यू–२१ अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगिताको सोमबार विराटनगरको कान्तिपुर कलेजले दुहबीको महेन्द्र मेमोरियल एकेडेमीलाई ३–० ले पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । यस्तै विराटनगरको कोसी मल्टिपल कलेजले रंगेलीको जनप्रिय माविलाई ७–० को भारी अन्तरले पराजित गर्दै समूह उपविजेता बन्यो । कोसी र महेन्द्रबीच समान अंक भए पनि गोल अन्तरमा कोसी अघि बढेको हो ।

कान्तिपुरका विवेक चौधरी, सन्तोष श्रेष्ठ र रोमन भुजेलले गोल गरे । अर्काे खेलमा कोसीको फराकिलो जितमा रितिक खड्काले ह्याट्रिकसहित चार गोल गरे । कासिम राईले दुई तथा पर्शु राईले एक गोल थपे । प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, सर्वाधक गोलकर्ता, डिफेन्स र मिडफिल्डरले समान १० हजार प्राप्त गर्नेछ । गोलरक्षक र सर्वाधक गोलकर्ताले २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमाको सुविधा पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बुधबार निहारिका र कोसी कलेज तथा दोस्रो खेल कान्तिपुर र ग्रिनल्यान्ड कलेजबीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

६०० ग्रामभन्दा बढी सुन बोकेका दुईजना पक्राउ