देउवासँग शेखरको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि पोखेका छन् ।

कोइरालाले सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयकको विरोध गर्दै देउवालाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले जस्तै असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? भन्दै प्रश्न गरेका हुन् ।

ओली सरकारले संविधानमा भएको व्यवस्था प्रतिकूल हुनेगरी अध्यादेश ल्याएर संविधान मिचेको भन्दै उनले बैठकमा धारणा राख्दै भने, ‘ओली सरकारले संविधानमा भएको व्यवस्था प्रतिकूल हुनेगरी अध्यादेश ल्याउँदा तत्कालीन अवस्थामा हामीले कडा प्रतिवाद गरेका थियौं, के अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ?’

ओलीकै कदमलाई निरन्तरता दिन खोजेको हो ?

कोइरालाले बैठकमा धारणा राख्दै स्थानीय निर्वाचनमा गरिएको गठबन्धन प्रति पनि आपत्ति जनाए । तालमेलका कारण केही बढी सिट जिते पनि पार्टीको आदर्श र सिद्धान्त नामेट भएको र तालमेलले कांग्रेसलाई भन्दा अन्य पार्टीलाई फाइदा भएको भन्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

‘तालमेलबाट केही बढी सिट त जित्यौं तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पु¥याउन खोज्दै छौं ?’ कोइरालाले बैठकमा सभापति देउवामाथि प्रश्न गर्दै भने ।

कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेल’bout पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखे ।

व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका लागि खटिनेहरूप्रति न्याय हुनेमा समेत आशंका व्यक्त गर्दै उनले भने, ‘आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ?’

बैठकमा १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको भन्दै पार्टीको नीतिनिर्माणको विषय पनि उठेको छ । महाधिवेशन सकिएको ६ महिना बित्दासमेत पार्टीको नीति तय हुन नसकेको भन्दै सो’bout नेताहरूले नेतृत्वलाई प्रश्न गरेका हुन् । बैठकमा धेरैजसो भ्रातृ तथा शुभेच्छुक संस्थाहरू लामो समयदेखि नेतृत्वविहीन भएकोमा समेत नेताहरूले नेतृत्वको आलोचना गरेका छन् ।

सोमबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइरालालगायतले धारणा राखेका थिए ।

तालमेलले केही बढी सिट त जितियो तर पार्टीको आदर्श र सिद्धान्त ?
शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

१. हामी स्थानीय तहको निर्वाचनपश्चात् प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौं । पछिल्लो केन्द्रीय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेलमार्फत स्थानीय तहको निर्वाचनमा गयौं । तालमेलका कारण केही बढी सिट त जित्यौं तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पु¥याउन खोज्दै छौं ? स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौं तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पा¥यौं ।

अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो, त्यो पनि विचार गर्न जरुरी छ । तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । तालमेलमा जानुपूर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाइनुपथ्र्याे । क्रियाशिलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भूगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट वितरण गरिनुपथ्र्यो । तर, कतिपय स्थानमा त्यो हुन सकेन ।

२. विगतको तालमेल र आगामी निर्वाचन’bout हामीले पार्टीभित्र सूक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नैपर्छ । हामी यसबाट भाग्न सक्दैनौं । हामीलाई त्यस्तो छुट छैन । हामीले दूरदराजका कर्मशील र निष्ठावान् साथीहरूलाई जवाफ दिनैपर्छ । कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् ।

यसै परिप्रेक्षमा आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन ग¥यौं भने पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ? यस’bout आगामी निर्वाचनभन्दा अगाडि यस विषयमा गम्भीर र विस्तृत रूपमा पार्टीभित्र छलफल गरिनुपर्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेल’bout पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो विचार हो ।

३. नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो, नीतिका विषयमा कुनै काम हुन सकेन । तसर्थ, यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गर्दछु । पार्टी सञ्चालनका सम्बन्धमा मैले विगतका बैठकमा पनि भन्दै आएको छु । विधि, विधानभन्दा माथि हामी कोही छैनौं । पार्टी विधिसम्मत चल्नुप¥यो । पार्टी सबैको हुनुप¥यो । केन्द्रदेखि वडा तहसम्म नेतृत्वमा रहेकाले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको विकास गरियोस् ।

४. स्थानीय तहको निर्वाचनका क्रममा पराजयको दोष पार्टीका साथीलाई नै लगाई कतिपय जिल्लाका जिम्मेवार साथीलाई पूर्वाग्रही ढंगले कारबाहीको सिफारिस गरी मानमर्दन गर्ने काम हुँदै छ । त्यस’boutमा केन्द्रीय कार्यसमितिकै ध्यानाकर्षण गराउन चाहन्छु ।

५. पार्टी संगठनको मेरुदण्ड भ्रातृ तथा शुभेच्छुक संस्था हुन् । यी संस्था लामो समयदेखि नेतृत्वविहीन तथा प्रायः निष्प्रभावी भएकाले प्रतिकूल प्रभाव परेको छ । तसर्थ, यी संस्थाको नेतृत्वदेखि कार्यसमिति विधानबमोजिम पदाधिकारीसहित न्यायोचित ढंगबाट निर्माण गरिनुपर्छ ।

६. पार्टीको आन्तरिक जीवनमा बहस, छलफल र अन्तत्र्रिmया गरी निर्णयमा पुग्ने विगतको परिपाटी र परम्पराभन्दा पनि सभापतिज्यू एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ । यो पार्टीमा लाखौं साथीहरूको बलिदानी तथा लगानी छ । तसर्थ पार्टीको निर्णयले सबैको मन छुन आवश्यक छ ।

७. सत्ता तालमेल दलका नेताहरू नेपाली कांग्रेसतिर फर्केर आरोप लगाइरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन् । स्थानीय निर्वाचनको परिणामलाई लिएर उनीहरू कांग्रेसविरुद्ध तीतो पोखिरहेको कुरा सभापतिज्यूको जानकारीमा पनि होला भन्ने मलाई लागेको छ । यसरी एकातर्फ नकारात्मक चर्चा भइरहँदा किन हाम्रो पार्टी र नेताहरूले मौनता साँधेको हो ? म यी सबै विषयमा गम्भीर छलफलको जोडदार माग गर्छु ।

८. तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ जानु हो भनेका थियौं । गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौं तर वर्तमान सरकार बनेको पनि झन्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषय प्राथमिकतामा किन परेनन् ? भ्रष्टाचारका काण्डको छानबिन किन ओझेलमा प¥यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेही बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।

९. ओली नेतृत्वकै सरकारले संविधानमा भएको संवैधानिक परिषद्सम्बन्धी व्यवस्थाको प्रतिकूल हुनेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधान मिच्ने काम गरेको थियो । हामीले तत्कालीन अवस्थामा कडा ढंगले प्रतिवाद गरेका थियौं । के हामीले अहिले सो असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ? प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु ।

१०. नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । महँगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुनेखानेसमेत सामान्य जीवन बिताउन कठिनाइ महसुस गरेका छन् भने गरिब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला ? हामी काठमाडौं बसेर त्यसको पीडाबोध गर्न सक्दैनौं । सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, सञ्चार जगत्, व्यवसायी तथा आमनागरिकले समेत प्रश्न गर्न थालेका छन् । यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ ।

११. गभर्नर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भयो । सरकारले गभर्न र हटायो तर अदालतले पुनर्बहाली ग¥यो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो । देशको अर्थतन्त्र’bout यहाँहरू सबै जानकार नै हुनुहुन्छ भन्ने मेरो विश्वास छ । हालै बजेट निर्माणका क्रममा बजेटमा हस्तक्षेप गर्न अपिरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम भयो भनेर भएको चर्को दबाबपछि अर्थमन्त्रीको राजीनामा त आयो तर राजीनामा मात्रै समाधानको बाटो होइन ।

छानबिन समिति त बनेको छ । आशा छ समितिले सत्यतथ्य बाहिर ल्याउँछ । बजेट निर्माणका समयमा अनाधिकृत व्यक्ति राखेर करको दायरा हेरफेर गरेकै कारण अर्थमन्त्रीको राजीनामा आयो, त्यसकारण अब करसम्बन्धी प्रावधान परिमार्जन हुनुपर्छ । म सरकारलाई मुलुकको वर्तमान अर्थतन्त्र संकटोन्मुख रहेको, निजी क्षेत्र निराश भएको र आर्थिक अनुशासनहीनता बढेको’bout गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यसतर्फ हामी पार्टीका साथीहरूले पनि सरकारलाई दबाब दिँदै गम्भीर भएर लाग्नुपर्नेछ भन्ने जिम्मेवारीको स्मरण गराउन चाहन्छु ।

१२. अर्कोतिर सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव लगभग बेवारिसे अवस्थामा संसद्को कुनामा थन्किएको छ । यसलाई निर्धारित प्रक्रियाबाट टुंग्याउनुपर्ने होइन र ? के यस विषयमा प्रधानमन्त्री र उहाँ नेतृत्वको सरकारको कुनै भूमिका हुँदैन ? यस्ता जटिल विषयलाई समयमै निक्र्याेल नगर्दा आगामी निर्वाचनमा यसले पार्टीलाई असर गर्छ ।
(कोइरालाद्वारा पार्टी केन्द्रीय समिति बैठकमा व्यक्त विचार)

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित