नेपालीलाई एक लाख २५ हजारको भानुभक्त पुरस्कार

काठमाडौं । आदिकवि भानुभक्तको २०९ औँ जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरेर बुधबार मनाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रँगनमा रहेको भानुको प्रतिमामा माल्यार्पण गरेर भानु जयन्ती मनाएका छन् ।

प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा बुधबार बिहान काठमाडौंमा प्रभातफेरी गरियो । सो प्रभातफेरी तथा शोभायात्रापछि प्रधानमन्त्री देउवाले भानुको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

नेपाली भाषा साहित्यको विकाशमा आदिकवि भानुभक्तको ठुलो योगदान रहेको प्रधानमन्त्री देउवाले सो क्रममा बताए । भानुको योगदानलाई हामीले कहिल्यै भुल्नु नहुने उनको कथन थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले पनि भानुको नेपाली साहित्यमा योगदान’bout चर्चा गरे ।

यसैबीच यस वर्षको आदिकवि भानुभक्त पुरस्कारबाट बयानब्बे वर्षीय इतिहासकार चित्तरञ्जन नेपाली पुरस्कुत भएका छन् । २०९ औँ भानुजयन्तीका अवसरमा उनलाई नेपाल शिक्षा परिषद्ले बुधबार यो पुरस्कार प्रदान गरेको हो ।

इतिहासकार नेपालीलाई सो पुरस्कार साहित्यकार एवं शिक्षाविद मुकुन्द शर्मा चालिसेले एक समारोहबीच प्रदान गरेका छन् । उनलाई पुरस्कार स्वरुप एक लाख २५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिएको छ ।

समारोहमा पुरस्कार’bout जानकारी दिँदै नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली भाषा, साहित्य, संस्कृति र अध्यात्म क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष भानु पुरस्कारबाट सम्मान गर्दै आएको जानकारी गराए । उनले अक्षयकोष स्थापना गरी भानु पुरस्कार स्थापना गर्दै आएको पनि बताए ।

सो क्रममा पुरस्कार प्रदान गर्दै शिक्षाविद चालिसेले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताए । भानुजयन्तीको महत्वपूर्ण दिनमा यसपटक इतिहासकारलाई यो पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष मोहन सिटौला र नेपाल शिक्षा परिषद्का सदस्य डा बमबहादुर थापा ‘जीताली’ले भानुभक्त आचार्यको साहित्य नेपालमा मात्र नभई विश्वमाझ फैलिएको छ भने ।

भानु पुरस्कारबाट सम्मानित नेपालीले २०१३ सालमै मदन पुरस्कार समेत जितेका थिए । नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाएका थिए । नेपाली इतिहास बृत्तमा लामो समयदेखि योगदान दिएका कारण यसबर्षको आदिकवि भानुभक्त पुरस्कार नेपालीलाई प्रदान गरिएको परिषदले जनाएको छ ।

विसं २००८ सालमा स्थापना भएको नेपाल शिक्षा परिषद्ले विसं २०१६ सालमा नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको बाहुलीबाट दरबार हाइस्कूल अगाडि भानुभक्तको प्रतिमा स्थापना गरी हरेक वर्ष भानुजयन्तीमा माल्यार्पण गर्दै आएको नेपाल शिक्षा परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 1,002 times, 1 visits today)

epaper

ताजा समाचार

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद