राससले १ साउनदेखि श्रव्य–दृश्य सेवा सुरु गर्दै

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले आगामी १ साउनदेखि परीक्षण प्रसारणका रूपमा श्रव्य–दृश्य सेवा आरम्भ गर्ने भएको छ ।सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालिबीच सम्झौता भएको हो । रासस केन्द्रीय कार्यालयमा गत वर्ष नै स्टुडियो निर्माण भइसकेको छ ।

सरकारी स्वामित्वको मुलुकको एक मात्र समाचार समिति (रासस) केन्द्रीय कार्यालय भद्रकालीमा बिहीबार आयोजित ‘राससको श्रव्य–दृश्य सेवा सञ्चालन र प्रभावकारिता’ विषयक अन्तक्र्रियामा सेवा’bout जानकारी गराइएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नयाँ सेवा आरम्भसँगै रासस समाचारले फड्को मार्ने विश्वास व्यक्त गरे । छरितो र गुणस्तरीय सेवाप्रवाहका लागि जनशक्तिको क्षमता वृद्धि र प्रविधिमा सम्पन्न हुनुपर्ने भएकाले यसका लागि सरकारले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ‘नयाँ सेवा जनताको हो भन्ने अनुभूत गराइसकेसम्म उच्च प्रविधि सेवा दिने संकल्प गरेर यसका लागि सरकार, विज्ञ र सरोकार पक्षको निरन्तर सहयोग आवश्यक हुने’ बताए । क्षमता विकासका कार्यक्रम सञ्चालन गरेर विद्यमान चुनौती मोलेर राससलाई जनताको सूचनाको संवाहक बनाइने उनको योजना छ ।

राससका महाप्रबन्धक सिद्धराज राईले विविधीकरणमा भिडियो सेवा सञ्चालन तयारी गरेको, सेवाग्राहीको सुझाव र सहयोग अपेक्षित रहेको बताए ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राससको भिडियो सेवाका सक्दो आवश्यक सहयोग हुने विश्वास दिलाउँदै सार्वभौम मुलुकको दृष्टिकोणसहितका कथा सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले सेवाग्राहीको सम्पादकीय क्षमता वृद्धि गर्नेगरी राससले भिडियो सेवा दिनुपर्ने सुझाव दिए ।

विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईंले भिडियो सामग्री संकलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेन्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले सेवा सञ्चालन प्रभावकारी बनाउन सक्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु