मिस युनिभर्स नेपालमा आयुष्नोभा

काठमाडौं । चिकित्सा क्षेत्रका प्रतिनिधित्व गर्दै यसपटक मिस युनिभर्स नेपाल २०२२ मा डा. आयुष्नोभा ढुँगाना सहभागी भएकी छिन् । आउँदो १९ अगष्टमा नयाँ मिस युनिभर्स नेपाल चयन हुँदैछ । जसका लागि अहिले ३९ जना प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यी मध्यबाट सेमी फाईनलमा २० जना प्रतियोगीहरु उत्रने छन् । जसका लागि आफु अहिले निकै तयारीका साथ लागिरहेको आयुष्नोभाले बताएकी छिन् ।

बिहिबार सञ्चारकर्मी सामु प्रस्तुत भएकी आयुष्नोभाले नेपाललाई मिस युनिभर्समा ससक्त रुपमा प्रस्तुत गर्न आफु यो प्रतियोगितामा उत्रिएको बताएकी छिन् ।

यस अघि मिस युनिभर्स नेपालको उपाधि जितेर नेपालबाट नग्मा श्रेष्ठ, सुजिता बस्नेतलगायत मिस युनिभर्सको प्लेटफर्ममा उत्रिसकेका छन् । त्यहाँ भने उनीहरुले कुनै उत्कृष्ट छाप छाड्न सकेनन् । अब त्यो प्लेटफर्ममा नेपालका ससक्त प्रस्तुतिका लागि पनि आफु यो प्रतियोगितामा सहभागी हुन आएको यी डक्टरको भनाई छ ।

आयुष्नोभाले गत वर्ष बँगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी हुन् । हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धि सेवा दिईरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् । छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको पनि यी सुन्दरीले बताएकी छिन् ।

एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न आफु चाहेको पनि उनको कथन छ ।

आयुष्नोभाकी आमा रोशनी केसी फिल्म निर्माता तथा नायिका हुन् । बुबा अँगद ढुँगाना व्यबसायी हुन् । आफ्नो छोरी अहिले मिस युनिभर्स नेपालमा प्रतियोगी बनेकोमा आफुहरुको पूर्ण साथ रहेको यी दुईले सञ्चारकर्मीलाई बताएका छन् । यी दुबैको प्रेरणाले आफु मिस युनिभर्स नेपालमा सहभागी भएको आयुष्नोभाको कथन छ ।

मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाईनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण