तीज गीत दर्पण छायाँलेमा उषाको छमछमी

काठमाडौं । यो वर्षको तीजलाई लक्षित गरेर विभिन्न गीत बजारमा आइरहेका छन् । यसै क्रममा गायिका अञ्जु पन्तको स्वरमा आएको नयाँ गीत दर्पण छायाले नामक भिडियो गीतले यति बेला बजार तताएको छ ।

यो गीतको भिडियोमा अभिनेत्री तथा मोडल उषा खनालको आकर्षक प्रस्तुति रहेको छ । उषाको रमाइलो छमछमीले अञ्जुको गीतलाई उत्कृष्ट बनाउन निकै मद्दत पुगेको छ । अभिनेत्री उषाले यो भिडियोमा आपूmले निकै मिहिनेत गरेको बताइन् ।

गीतको सुरुको अंशमा रहेको ओ…ई पूmलबुट्टे चोली मोहनी बोली, नशालु आँखा छन्, अल्लारे ठिटा, भुतुक्कै भाका छन्….. बोलमा अभिनेत्री उषाले निकै आकर्षक र छरितो नृत्य गरेकी छन् ।

यस्तै, गीतमा रहेको अर्को बोल ..कोई भन्छन् चरीझंै, कोही भन्छन् परीझंै, मै राम्री गाजलु लाउँदा बरिलै, मै राम्री शिरपूmल लाउँदा वरिलै …… बोलमा पनि उषाको नृत्यले भिडियो गीतलाई थप आकर्षक, प्रभावकारी र प्रिय बनाएको छ । यो भिडियो गीतमा अभिनेत्री तथा मोडल खनाललाई अभिनेता राजीवजंग शाहले साथ दिएका छन् ।

यी दुई कलाकारको नृत्य भिडियोमा निकै आकर्षक रहेको छ । पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त रहेकी अभिनेत्री उषाले लामो समयपछि तीज भिडियोमा काम गरेको र यो भिडियोबाट आपूm सन्तुष्ट भएको बताइन् ।

गीत कर्णप्रिय र समसामयिक भएकाले आपूmले यसमा अभिनय गरेको अभिनेत्री उषाको भनाइ छ । चलचित्रमा व्यस्त रहने यी अभिनेत्रीले एकदुई दिनमै छायांकन सम्पन्न हुने भएकाले बेला बेलामा म्युजिक भिडियोमा पनि समय दिने गरेको स्पष्ट पारिन् ।

गायिक अञ्जु पन्तले पनि लामो समयपछि तीज गीत गाएकी हुन् । गीत अभिनेत्री उषाको नृत्यप्रधान बनेको छ । यो गीतलाई नेत्र अर्यालले लेखेका हुन् । गीत समसामयिक प्रसंगमा केन्द्रित रहेको छ । जसमा राजेन्द्र बजगाईंले संगीत गरेका छन् । गीतमा संगीत संयोजन पनि बजगाईंकै रहेको छ । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति