तेस्रो पटक गच्छदारसंग भिडेकी भगबतीको सिंहदरबार छिर्ने योजना

सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा एमालेबाट उम्मेदवार बनेकी भगबती चौधरीलाई यसपाली आफ्नो लागि सिंहदरबारको यात्रा सहज हुन्छ भन्ने लागेको छ । दुहवी २ निवासी चौधरी नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग तेस्रो पटक भिड्दैछिन् । यसअघि दोश्रो संविधान सभा र ०७४ सालको प्रतिनिधिसभा निर्वाचन समेत गच्छदारसँग प्रतिष्पर्धा गरेकी चौधरीलाई यसपटक जनता समाजवादी पार्टीको समेत मत प्राप्त हुनेछ । आफ्नो पक्षमा युवा र स्वतन्त्र समुहको समेत समर्थन रहेको बताउने चौधरी अहिले घरदैलो कार्यक्रममा ब्यस्त छिन् ।
त्यसो त आफ्ना प्रतिस्पर्धी गच्छदारलाई बहुचर्चित ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले मुख्य आरोपी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेकोले पनि चौधरीका लागि वातावरण सहज बन्दै गएको छ ।

अग्निपरिक्षा दिन तयार

सामाजिक र आर्थिक क्षेत्रमा काम गर्दै आएकी चौधरीले राजनीतिमा पनि प्रभावशाली प्रभाव छाडेकी छिन् । जनताको जिवनस्तर सुधार्ने गरेको बताउने चौधरीले यसपाली आफु अग्नीपरीक्षा दिन तयार रहेको बताएकी छिन् । चौधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास निर्माणको काम ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउन व्यस्त नेतृ चौधरीले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन क्षेत्रको सुधार गर्नु र गरिबीको चंगुलबाट आफ्नो क्षेत्रलाई मुक्त गर्नु आफ्नो जीवनको मुल लक्ष्य रहेको बताइन् । ‘यो क्षेत्रको विकास गर्नु, यहाँको गरिबी निर्मुल गर्नु, यहाँका जनताको गाँस बास र कपासको ग्यारेण्टी गर्दै विकासका सबै सुविधाहरु उपलब्ध गराउनु मेरो सपना हो । त्यो सपना पुरा गर्न मलाई योपल्ट जनताले ऐतिहासिक मत दिएर पठाउनु हुन्छ ।’ इटहरी, खनारका नेता कार्यकर्तासँगको भेटघाट गर्दै नेतृ चौधरीले बताइन् ।

आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास निर्माणको काम ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

प्राविधिक शिक्षामा जोड

सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ । अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेकी छिन् । ‘यहाँका ९० प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुले जिविकोपार्जनका लागि मात्र कृषि कर्म गरेका हुन् ।

बैज्ञानिक कृषि प्रणाली लागू गर्दै कृषिलाई व्यवसायीकरण गर्नु मेरो एजेण्डा हो ।’ चौधरीले भनिन् । ग्रामीण महिला सशक्तिकरण र लघुवित्त अभियानलाई अढाई दशकदेखि उठाउँदै आएकी चौधरीले युवा स्वरोजगार र प्राविधिक शिक्षालाई पनि महत्व दिँदै आएकी छिन् । व्यक्तिगत तवरमा दुहवीमा दिनेश चौधरी स्मृति पोलिटेक्निक इन्स्टिच्युट र दिनेश चौधरी आधारभूत विद्यालय समेत खोलेर शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएकी चौधरीले गाउँगाउँमा वित्तीय साक्षरता फैलाउँदा हज्जारौं महिला लाभान्वित भएका उदाहरणहरु छन् । शिक्षा र आर्थिक सशक्तिकरण विकासको मुख्य आधार ठानेकी चौधरीले आफ्नो क्षेत्रका जनतालाई गरिबी र विपन्नताबाट माथि उठाउने लक्ष्य लिएकी छिन् ।

गएको स्थानीय तहमा गढी गाउँपालिका तथा बर्जु गाउँपालिकामा ऐतिहासिज जित दर्ता गरेको एमालेले इटहरी उपमहानगरमा उपमेयर सहित दुई तिहाई वडाहरुमा जित हासिल गरेकाले पनि आफ्नो आगामी यात्रा सहज भएको बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९