सर्लाही क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गरे ।

सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा टिकट नपाएपछि डा. सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्प्र्धामा उत्रिएका थिए । यसैगरी संविधान सभा सदस्य शिवपुजन रायको छोरी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४६२२ मत प्राप्त गरी तेश्रो स्थान प्राप्त गरेकी छन ।

यसैगरी क्षेत्र नं. ४ कै प्रदेश सभा (क) र (ख) मा सता गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् । मधेश प्रदेश सभा सदस्यमा क्षेत्र नं. ४ (क) मा दोश्रो कार्यकालको लागि नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन् । उनी १५६९३ मत ल्याएर विजयी भएका छन् । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ । महतो ८०३३ मत ल्याएर विजयी भएका छन । महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९