न्यू फेसमा रिमेक लिरिकल भिडियो

काठमाडौं । अघिल्लो पुस्ताका गायक तथा कलाकारलाई अहिलेको पुस्ताले चिन्दैन । दुबै पुस्तालाई नजिक्याउने काम म्यूजिकल भिडियोले गर्छ भन्ने पुष्टी “पर हुँदै गयौ तिमी” बोलको गीतले गरेको छ । गीतकार रमेश पौडेलले २०४३ सालमा लेखेको गीत २०५० सालमा रेकर्ड भयो । उतिबेलाका चर्चित गायक जुजुकाजी रञ्जितको गायन गला र वरिष्ठ सङ्गीतकार बुलु मुकारुङको सुमधुर सङ्गीतले उतिबेला निकै चर्चा पायो ।

नेपाल लगायत संसारको साङ्गीतक महौल यसरी बद्लियो, गीतलाई “सुन्नेभन्दा पनि हेर्ने” बनाइदियो यूटुबले । उतिबेलाको गीत अहिले लिरिकल भिडियोमा हेर्न सकिने भएको छ । अहिलेसम्म पर्दामा नदेखिएका नयाँ अनुहार मनिषा आचार्य र कृष्ण भण्डारीले सशक्त अभिनय गरेका छन् यो गीतमा । गीतकार पौडेलले आफ्ना सिप र सिर्जनालाई अर्काईभ गर्न शुरु गरेको यूटुबको आवरण क्रियशन च्यानलबाट उत्पादित यो गीतको निर्देशन दिनेश घिमिरेले गरेका छन् । सुमन बस्नेत उत्पादन मेनेजर रहेको गीतको छायाङ्कन र सम्पादन मिलन ढुँगानाले गरेका हुन् । गीत हेर्न र सुन्नका लागि तलको लिंकमा जानुहोस् ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता