आयोगको निर्णयविरुद्ध मेयर बालेन सर्वोच्चमा

काठमाडौं । ‘स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको’ भन्दै निर्वाचन आयोगले जनप्रतिनिधिलाई जरिमाना गरेपछि काठमाडौं महनगर प्रमुख बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत पुगेका छन् । समयमा खर्च विवरण नबुझाएकोमा प्रमुख शाहलाई ‘जरिमाना तिर्न’ भनेपछि आयोगको निर्णयविरुद्ध उनले मंगलबार रिट दायर गरेका छन् ।

शाहको रिट सुनुवाइका लागि सर्वोच्चले २० पुसका लागि पेशी तोकेको छ । शाहले ‘आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेस गरेको’ दावी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण पेस गर्नुपर्नेमा ३०औं दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट पेस गरेको शाहको दावी छ ।

आयोगको निर्णयअनुसार देशभर स्थानीय निर्वाचनमा भाग लिएकामध्ये १ लाख २३ हजार ६ सय २४ उम्मेदवारले जरिमाना नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् । शाहले रिट दिएसँगै अब सो मुद्दा विषयमा सर्वोच्च अदालतले आयोगको निर्णयमा व्याख्या गर्नेछ । देशभरका हजारौं जनप्रतिनिधि आयोगको निर्णयबाट पीडित छन् ।

धेरैजसो दलित महिला जनप्रतिनिधिले जरिमाना तिर्नुभन्दा ‘पद त्याग गर्ने’ चेतावनी दिइरहेका छन् । आयोगले साढे ७ लाख रूपैया“सम्म जरिमाना तोकेको छ । आयोगको निर्णय ‘पूर्वाग्रही रहेको र एकपटक पनि मौका नदिएकाले रोक्न’ अन्तरिम आदेशको माग शाहको रिटमा उल्लेख छ । रिटमा उनले ‘आफूले समयमै पेस गरेको तर पनि जरिमाना निर्णय भएकाले निर्णय खारेज हुनुपर्ने’ जिकिर गरेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा शाह काठमाडौं महानगरमा लौरो चिह्न लिएर स्वतन्त्र रूपमा विजयी भएका थिए । उनको रिटमा ‘कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेस गरेको’ दाबी गरिएको छ । ‘६ महिनाभित्र जरिमाना नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने’ भनी गरेको निर्णय बदर माग रिटमा गरिएको छ

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित