जनकपुरमा मौथिली कथा गोष्ठी सम्पन्न

जनकपुरधाम । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा जनकपुरधाममा मैथिली कथा गोष्ठी सम्पन्न भएको छ ।
मैथिली विकास कोषद्वारा आयोजित सो गोष्ठीको उद्घाटन समारोहमा वक्ताहरुले कथा लेखन क्षेत्रमा युवाहरुलाई जोड्न सुझाब दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं मैथिलीका वरिष्ठ साहित्यकार डा. सुरेन्द्र लाभले मैथिलीमा लेखन कार्यलाई गति दिन निरन्तर गोष्ठी गर्नु पर्ने बताए ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जनकपुरधाममा साहित्यिक गोष्ठी बढाउन मासिक कवि गोष्ठी र कथा गोष्ठी गर्ने कोषले चैत महिनादेखि तैयारी गरिरहेको जानकारी दिए ।

कथा गोष्ठीमा डा. सुरेन्द्र लाभ, रमेशरञ्जन झा, रोशन जनकपुरी, किसलय कृष्ण, श्यामसुन्दर शशि, सुजीतकुमार झा, मनोज झा मुक्ति, पुनम झा ‘मैथिली, श्यामसुन्दर यादव, प्रेमविदेह ललन,, राजेश महतो, प्रमोदकुमार झा, अरविन्द यादव, शिवानी मिश्र, प्रियम झाले कथावाचन गरेका थिए ।

बाचन गरिएका कथा माथि समीक्षा गरिएको थियो । समीक्षा गर्नेहरुमा डा. रेवतीरमण लाल, रमेशरञ्जन झा, रोशन जनकपुरी, श्यामसुन्दर शशि र किसलय कृष्ण रहेका थिए । समारोहमा विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

epaper

ताजा समाचार

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद