चन्द्रनिगाहपुरका अधिकांश मासु पसल गुणस्तरहिन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्य मुटुमा रहेको चन्द्रनिगाहपुर बजारको अधिकांश मासु पसल गुणस्तरहिन तथा मापदण्ड बिपरित चलेको पाइएको छ । चन्द्रपुर नगरपालिकाको बजार अनुगमन समितिले बुधबार र बिहीबार अनुगमन गर्दा सो भेटिएको हो । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर बजार तथा चोकको बिभिन्न मासु पसल तथा बिभिन्न पसलहरुको अनुगमन गरेको थियो ।

मसुजन्य पदार्थ बिक्री बितरणमा चरम लापरवाही भेटिएको अनुगमन समितिका सदस्य इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयालले जानकारी दिए । अधिकांश मासु पसल मापदण्ड भन्दा बाहिर संचालनमा रहेका छन ’emलाइ सचेत गराइ कानुनी दायरामा ल्याउनुपर्ने अधिकृत फुयालको धारणा रहेको थियो ।

मासु पसलको अनुगमन गर्दा बिगतका बर्ष भन्दा कुनै परिर्वतन नआएको अनुगमनकर्ता तथा उपभोक्ता हित संरक्षण मंचका रौतहट अध्यक्ष टिका घिमिरेले बताए । चन्द्रनिगाहपुरका अधिकांश मासु पसल फोहोर नै फोहोरको ढंगुरमा रहेको,मरेका कुखुरा बेच्ने गरेको,झिंगा नै झिंगा भन्कीएको,खुल्ला सडकमै बेच्ने गरेको अनुगमनमा भेटिएको थियो ।

चन्द्रनिगाहपुरको मिलनचोकमा रहेको अधिकांश मासु पसल मापदण्ड बिपरित संचालनमा आएको अनुगमन समितिका सदस्य घिमिरेले जानकारी दिए । कुनै पनि पसलमा मुल्य सुचि नभएको, साइन बोर्ड नभएको लाखौको ब्यापार गर्दा पनि भ्याटमा दर्ता नभएको,मापदण्ड बिपरितका गुणस्तरहिन मासुको बिक्रि बितरण गरेको पाइएको घिमिरेले बताए ।

अनुगमन समितिकी सदस्य सचिब तथा चन्द्रपुर नगरपालिकाकी हिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले लापरवाही गर्ने मासु ब्यबसायीलाइ ७ दिन भित्र मापदण्ड भित्र ब्यबासय संचालन गर्न सचेत गराएको बताएकी छिन ।

ब्यपारीले पसलमा मुल्य सुची राखे नराखेको,नापतौलको अबस्था,साइन बोर्ड भए नभएको,ब्यबसाय दर्ता भए नभएको,प्यान तथा भ्याटमा दर्ता भए नभएको ’bout अनुगमन गरेको सदस्य सचिव बरालले जानकारी दिएकी छिन ।

अनुगमन टोलीले चन्द्रनिगाहपुरको मिलनचोकमा संचालित मकबुल फ्रेस हाउस, रिजवान फ्रेस हाउस, इस्लाम फ्रेस हाउस, अरमान फ्रेस हाउस, पाकिजा फ्रेस हाउस, सुशील फ्रेस हाउसका संचालकलाई एक हप्ताभित्र मापदण्डभित्र रहेर ब्यबसाय संचालन गर्न सचेत गराएको सदस्य सचिव बरालले बताइन ।

बजारमा कालो बजारी रोक्ने तथा गुणस्तरहिन समान बिक्री बितरण गर्नेलाइ सचेत गराउने उदेश्यले चन्द्रपुर नगरपालिकाले बेला बेलामा बजार अनुगमन गर्ने निति लिएको बजार अनुगमन समितिकी सदस्य तथा नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले बताइन ।

तपाइको प्रतिक्रिया
(Visited 700 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी