दैलेखमा मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

काठमाडौं । दैलेखको तालपोखरीमा एलपी ग्यास बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको मिनीट्रक बुधबार बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी ट्रकका चालक ३० वर्षीय कृष्ण चौधरी र कामदारद्वय २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षिय विष्णु चौधरीको मृत्यु भएको हो । मिनी ट्रकका सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ । मिनी ट्रक घुम्ती सडकको माथिल्लो मोडबाट तल्लो मोडमा खसेर दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसले मत खेर फाल्न मानेनन्