जुम्लाको पातारासी–५ बालविवाहमुक्त घोषणा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रम गरेर पातारासी गाउँपालिका–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाको पटक पटकको अनुगमन र निरीक्षणपछि वडाभित्र चालू आर्थिक वर्षमा शून्य बालविवाह देखिएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको हो । अशिक्षाले जगडिएको पातारासीमा सिंगो वडा नै बालविवाहमुक्त क्षेत्र घोषणा हुनु महŒवपूर्ण उपलब्धि भएको जिल्ला समन्वय समिति जुम्लाका सदस्य धनसुर बुढाले बताए ।

पातारासीमा बालविवाह न्यूनीकरण गर्दै सभ्य समाज निर्माणको पहिलो सिँढी पार गरिएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । पातारासी–५ को सिको अरू वडाले गर्न आवश्यक रहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख धनराज शाहीले बताए ।

बालविवाह सामाजिक कुरीति मात्रै नभएर कानुनी अपराध भएकोले यसबाट टाढा रहन उनले आग्रहसमेत गरे । बालविवाहमुक्त वडा घोषणाले केही हदसम्म भए पनि बालबालिकाको अधिकार प्रत्याभूत हुने उनको भनाइ थियो । बालविवाह सामाजिक विकासको बाधक भएकाले अरू वडाले समेत न्यूनीकरणमा जोड दिनुपर्ने पातारासी गाउँपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख रतन बुढाथापाले बताए ।

पटक पटकको अनुगमन, सचेतना र निगरानीपछि मात्रै बालविवाहमुक्त घोषणा गरिएको धारणा राख्दै महिला तथा बालबालिका शाखा प्रमुख एवं बालअधिकार अधिकृत भगवती गिरीले बताइन् । बालविवाहमुक्त घोषणा भएको पातारासी गाउँपालिका–५ का तीनवटै बस्ती (जप्न, माथि लोर्पा र तलि लोर्पा)मा चालू आर्थिक वर्षमा १० जोडीको विवाह भएकामा सबै उमेर पुगेको विवाह रहेको किर्डाक नेपाल जुम्लाका प्रतिनिधि रामशंकर दवाडीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

६ पुष २०८२