संगीतकर्मीलाई चौथो ज्योति म्युजिक तथा फिल्म अवार्ड

काठमाडौं । नेपाली संगीत तथा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिएका विभिन्न स्रष्टाहरू काठमाडौंमा सम्मानित भएका छन् । रोयल मुभिजले चौथो ज्योति म्युजिक तथा फिल्म अवार्ड २०७९ समारोहमा उनीहरूलाई सम्मानित गरेको आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठले कार्यक्रममा बताए ।

समारोहमा कलाकार गायक मुरलीधरलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । यस्तै, विशेष योगदान सम्मानबाट गायक ध्रुवराज खड्का, अभिनेत्री गौरी मल्ल, गायकहरू नवराज घोरासैनी, आनन्द कार्की, सुनिल मास्के र उत्तम केसी सम्मानित भए । चलचित्र प्रेमगीतबाट सन्तोष सेन, प्रदीप खड्का, कृष्टिना गुरुङ सम्मानित भए ।

कार्यक्रममा सञ्चारकर्मी डब्बु क्षेत्रीलाई राष्ट्रिय चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित गरियो । यस्तै, अन्य सम्मानितमा सञ्चारकर्मी शरण हुँमागाई, कलाकार अमन श्रेष्ठ, अनिता लामा, दुर्गेश थापा, अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झा, गायक नमराज ढुंगानालगायत थिए । उनीहरूलाई बाग्मती प्रदेश सभामुख भुवन पाठकले सम्मान प्रदान गरे ।

सोही कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरियो । वर्षकै सर्वोत्कृष्ट गायकको अवार्ड प्रताप दासले, मोडलतर्फ (पपुलर अवार्ड) सागर लम्साल बलेले, बहुप्रतिभा अवार्ड शंखर बिसीले हासिल गरे ।

कार्यक्रममा राष्ट्रिय चाड गीतको अवार्ड सिन्धु पौडेलले, बाल गायिकाको अवार्ड उपमा थपलियाले पाए । दोहोरी भिडियोतर्फ छायाकारको अवार्ड अनिल कटुवालले, लोकदोहोरी भिडियो निर्देशकको अवार्ड बबिता श्रेष्ठले, काठे भाका नवगायकको अवार्ड बिदुर खड्काले, पाए । विमल अधिकारीले उत्कृष्ट गीत, विष्णु तामाङले काठे गीत संगीत संयोजकको अवार्ड प्राप्त गरे ।

लोकदोहोरी गीतकार जीएस थापा, म्युजिक भिडियो सम्पादक मिन रावल, तामाङ सेलो गायक निमा पाख्रिन लामा, तमाङ सेलो गायिका फुलमाया तामाङ, पप गीत संगीत संयोजक सुरज प्रधान, चाडपर्व गीत गायिका आशा लामा (ज्ञानमाला), लोकदोहोरी नवमोडल पुरुष आर्यन राउत, काठे गीत मोडल पुरुष भुवन चौलागार्इंले अवार्ड जिते ।

यस्तै, आधुनिक तथा लोकपप नवगायकको अवार्ड डा.सुदिप भट्टराईले, चाडपर्व गीत गायकको अवार्ड हेमराज डांगीले, लोकदोहोरी लयको अवार्ड किरण गौतमले, लोकपप गीतकारको अवार्ड पुष्पा खनालले नवमोडल महिलाको अवार्ड रचना गौतमले, आधुनिक गीतकारको अवार्ड राजेश अर्यालले आधुनिक गीत पुरुष मोडलको अवार्ड अबि सुनारले, महिला मोडलको अवार्ड बिना राउतले हासिल गरे ।

सोही कार्यक्रममा पपगीत गायकको अवार्ड दीपेश श्रेष्ठ वैधले, लोकदोहोरी गायकको अवार्ड जेबी ओलीले, आधुनिक गायिकाको अवार्ड जुनु रिजाल काफ्लेले प्राप्त गरे । यस्तै, आधुनिक गीत–गायकको अवार्ड नवीन रानाले, लोकदोरी गीत मोडल पुरुषको अवार्ड शंकर श्रेत्रीले, म्युजिक भिडियो नृत्य निर्देशकको अवार्ड शिव बिकले, काठे भाका गायकको अवार्ड असिमकुमार कटुवालले, आधुनिक तथा लोकपप भिडियो निर्देशकको अवार्ड दिनेश ठकुल्ला, लोकदोहोरी नवगायिकाको अवार्ड काजल जोशीले पाए ।

अन्य विधामा अवार्ड पाउनेहरूमा काठे गीत नवगायिकाबाट माया लामा, आधुनिक गीत संगीतकारबाट निरप्रसाद गुरुङ, लोकदोहोरी नवगायकबाट रमन रायमाझी, काठेगीत गायिकाबाट शारदा रसाइली, लोकदोहोरी गायिकाबाट शान्तिश्री परियार रहेका छन् ।

समारोहमा जुरी तथा डायस्पोरा अवार्ड पनि प्रदान गरियो । जुरी अवार्ड पाउनेमा काठे गीतबाट अर्चना स्यांगतान, गायक (¥यापर)बाट भरत समरी, भिडियो छायाकारबाट नरेश ऐर, आधुनिक गीत संगीतकारबाट प्रकाश पुरी, देउडा गीत बालगायिकाबाट प्राप्ति भट्ट, गीतकारबाट शशी शेखर बुढाथोकी रहेका छन् ।

आधुनिक गीत गायक (डायस्पोरा)को अवार्ड गंगाराम खरेल (पारदर्शी)ले पाए । यस्तै, काठे भाका मोडल (पब्लिक च्वाइस अवार्ड), शिशिर बुढाथोकी, काठे गीत नवगायक (प्रोत्साहन अवार्ड) सुन्दर सुनामले हासिल गरे । यस्तै, लोकगीत नृत्य निर्देशक अवार्ड शम्भु शाहीले र लोकदोहोरी नवमोडल पुरुषको अवार्ड शरद एलजीले प्राप्त गरे ।

भाइराम श्रेष्ठको सभापतित्वमा सम्पन्न सो अवार्डको निर्णायकमा गायकहरू यशकुमार, ओमसुनार, मोडल मञ्जिता केसी, हुम गैरे, जयलक्ष्मी छन्त्याल पुन, रामकुमार केसी र ज्ञानेन्द्र शाही थिए ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार