२७ वर्षीय सजनले यसपटक जिब्रो छेड्दै

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँवर्षको २०८० को २ वैशाखमा मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पहिलोपटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । हालसम्म १२ जनाबाट निरन्तर १ सय ८ वर्ष जिब्रो छेडेको तथ्यांक रहेको छ । बेखनारायण हाय श्रेष्ठ सर्वाधिक ३२ पटक जिब्रो छेडेका छन् भने हर्कनरसिंह बास श्रेष्ठले २२ पटक जिब्रो छेडेर परम्परालाई निरन्तरता दिएका थिए । १२ मध्ये तीन जनाले मात्र एकपटक जिब्रो छेडेका थिए ।

श्रेष्ठले घरमा पुगेर चार दाम चढाएर सगुन दिई जिब्रो छेड्ने पक्का गर्नुका साथै सोमबारदेखि व्रत प्रारम्भ गरेका छन् । श्रेष्ठले जात्राका नायपमा जलकृष्ण पिला श्रेष्ठ, अर्का श्रेष्ठ, कर्मी नाय कृष्णचन्द्र बाग श्रेष्ठ, बुद्धिबहादुर खड्गी, श्यामकृष्ण खड्गीलाई चार दाम चढाएर सगुन दिई जात्रामा जिब्रो छेड्ने पक्का गरेका हुन् ।

१०८ वर्षमा १२ जनाले छेडे जिब्रो

नवौंपटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भएपछि चार दशक यो परिवारले जिब्रो छेडाउँदा पुस्तान्तरण भएको छ । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बागश्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलोपटक जिब्रो छेडाएर जात्रालाई पुस्तान्तरणका रूपमा अगाडि बढाउँदै छन् ।

बुद्धकृष्णले भने, ‘मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस गतवर्षसम्म नवौंपटक जिब्रो छेडाए, मेरो दाजुले १२ पटक जिब्रो छेडाउनुभयो । यस वर्ष मेरो कान्छो छोराले जिब्रो छेडाउन आज चारदाम चढाएर पक्का गरेको छ, विश्व प्रसिद्ध यो जात्रा, यहाँको कला, संस्कृतिलाई अब मेरो छोराजस्ता अरू यहाँका युवापुस्ताले जोगाउनुपर्छ, जात्रालोप हुन दिनुहुँदैन ।’

चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सूतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने बोडे देश छाडेर बाहिर जान नहुने परम्परा रहेको उनले बताए । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि भने केही नखाई व्रत बस्नुपर्छ । जिब्रो छेड्न तयार भएका युवा सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रालाई जोगाउन आफूले यस वर्ष जिब्रो छेड्न तयार भएको बताए ।

उनले भने, ‘बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखि नै जिब्रो छेड्न तयार थिएँ, यस वर्ष जुर्याे, मनमा डर छैन, २ गते कहिले आउँला र जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुमौंला भन्ने प्रतीक्षामा छु ।’ उनले युवाले नै संस्कृति बचाउनुपर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको बताए ।

छोरोको रहरका’bout बुद्धकृष्णले भने, मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।’

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

साल जेब्रो छेड्ने व्यक्ति पटक
१९६९–१९९० हर्क नरसिंह बाँस श्रेष्ठ २२
१९९१–२०२२ बेखानारायण हाय श्रेष्ठ ३२
२०२३ हरिदेव किला श्रेष्ठ १
२०२४–२०२६ हरि भासिंक श्रेष्ठल ३
२०२७ –२०२८ इन्द्र बाटा श्रेष्ठ २
२०२९–२०३१ हर्केश्वर ब्याँश्रेष्ठ ३
२०३२–२०३८ चन्द्रसेन द्यों श्रेष्ठ ७
२०३९–२०४६ दीलकुमार खपे श्रेष्ठ ७
२०४७ मुनि घों श्रेष्ठ १
२०४८ धर्मराज बलायर श्रेष्ठ १
२०४९–२०६० कृष्णचन्द्र बाग श्रेष्ठ १२
२०६१–२०६४,२०७३, २०७५, २०७६, २०७८ बुद्धकृष्ण बाग श्रेष्ठ ९
२०६५–२०७२ जुजु भाइ बाँस श्रेष्ठ ८

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्