काठमाडौं । हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपाने अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ।
बुबा-छोरीको बन्धनको माया र मिठासलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ। गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)






