दाङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति ललाई फकाई सोही उपमहानगरपालिका-१३ फुलबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)






