सार्थक होस् सडक विस्तार अभियान

हेटौडा उपमहानगरपालिकाले नगर क्षेत्रका अतिक्रमित संरचना हटाउन थालेपछि सहरको सौन्दर्यता कायम हुनुको साथै सडक विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने भएको छ । राजमार्गको सडक चौडा बनाउने विषयमा अलपत्र परिरहेको बेला उपमहानगरपालिकाको यो अभियानले सडक चौडा बनाउने काममा पनि सरोकारवाला निकायलाई बल पुग्ने भएको छ । सडक अतिक्रमण हेटौडाको मात्रै समस्या भने होइन् । काठमाडौंलगायत प्रमुख शहरहरुमा सडक अतिक्रमण एक खालको समस्या बनेको छ । यस्तो अवस्थामा हेटौडा उपमहानगरपालिकाले सुरु गरेको यो अभियान अन्य नगरहरुका लागि पनि प्रेरणा बन्न सक्छ ।

मुख्य बजारका व्यवसायीले सडकका फुटपाथ आफ्नै शैलिमा कब्जा गर्ने गरेका छन् । कसैले ट्रष्ट राखेर फुटपाथलाई आफ्नै पसल भित्र पार्ने गरेका छन् भने कतिपयले स्थायी रुपमै सामान राखेर फुटपाथ अतिक्रमण गर्ने गरेका छन् । पछिल्लो समय घरमा नक्सा विपरित ट्रष्टहरु निर्माण गर्ने क्रम पनि विस्तार भएको छ । नगरपालिकाको समन्यमा भएको टहरा हटाउने र ट्रष्ट भत्काउने कामले अहिले भने क्रमश गति लिँदै गएको छ । हेटौडा बजारमा मात्रै अहिले ४ सय हाराहारी घरका छाना हटाइसकेको छ । तर, राजमार्ग विस्तार योजनाले भने अझै मुर्त रुप लिन सकेको छैन । राजमार्ग दायाँबाँया २५ मिटर छोड्नु पर्ने नियम भएपनि कतिपयले सडकमै टाँसेर घर बनाउने प्रवृत्ति अझै छ । सडक, पुल वा अन्य कुनै पनि पूर्वाधार बनाउदा सबै जनालाई चित्त बुझ्ने हुँदै हुँदैन । कसैको घर भत्काउनु पर्ने हुन सक्छ त कसैको खेतबारी पुरिन सक्छ । यसो भनिरहँदा सर्वसाधारण रिसाउछन् भनेर पूर्वाधार नबनाई बस्न पनि मिल्दैन । कुनै पनि पूर्वाधार बनाउदा घर जग्गाको मुल्याङ्कन गर्ने, मुआब्जा दिने वा अन्य राहत उपलब्ध गराउने नियम छँदैछ ।

हेटौडाकै कुरा गर्दा अहिले पनि राजमार्ग विस्तारमा ठाउँ ठाउँमा समस्या छ । मुआब्जाकै विषयमा कुरा नमिल्दा कतिपय ठाउँमा स्थानियले अवरोध गर्ने गरेका छन् । यस्तो अवस्थामा केन्द्र सरकार र स्थानिय सरकारविच समन्वयको खाँचो छ । जहाँ मुआब्जाको कारण विवाद छ ति स्थानमा वैज्ञानिक अनुसन्धान हुनु पर्छ । सडक विस्तारको क्रममा जसको घर भत्काउने सूचीमा पर्छ उसको वारेमा अध्ययन हुनुपर्छ । उ वास्तविक पिडित हो कि हैन । वास्तविक पिडित हो भने उसलाई विस्थापित गर्ने छुट राज्यलाई छैन । उसले एच्याएको ठाउँमा जग्गा सट्टा भर्ना गरेर हो वा अन्य आर्थिक प्याकेज उपलब्ध गराएर उसको बसोबास सुरक्षित गर्नैपर्छ । यदि उ वास्तविक पिडित होइन भने कार्वाही गर्ने हिम्मत पनि गर्नुपर्छ । सडक विस्तार कुनै व्यक्ति विषेशका लागि होइन सिंगै समुदायका लागि हो भन्नेमा पनि सबै जना सचेत हुन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा