काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले सीमा क्षेत्रमा छड्के निरीक्षणलाई तिव्रता दिएका छन् । निरीक्षण तथा अनुगमनकै क्रममा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लास्थित बीओपी बढैया, जयसपुर, गंगापुर जमुनाह तथा कपिलवस्तु जिल्लास्थित चाकडचौडा, मर्यादपुर, हथिहवा, हर्दौना, भिल्मीलगायतका सीमा नाका अनुगमन र निरीक्षणका क्रममा छन् ।
यसैगरी, बर्दिया, रुपन्देही, नवलपरासीलगायतका सीमा नाका अनुगमनसमेत गरिने कार्यक्रम रहेको छ । बाँके र कपिलवस्तुस्थित सीमानामा रहेका युनिट अनुगमन तथा निरीक्षणका क्रममा उनले सीमामा हुनसक्ने चोरीपैठारी नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत हुन र कुनै पनि प्रकारको सम्झौता नगर्न निर्देशन दिए ।
अवैध कृयाकलाप रोक्नका साथसाथै सीमामा सरोकारवाला निकायसँगको समन्वयमा सीमास्तम्भको अनुगमन, रेखदेख तथा वर्षातको समयमा विशेष गरी सानाखालका सीमास्तम्भ बगाउने तथा पुरिनसक्ने भएकोले त्यसलाईसमेत विशेष प्राथमिकतामा
राख्न एआईजी पौडेलले निर्देशन दिएका छन् ।

केही महिना यतादेखि सशस्त्र प्रहरी बल, नेपालले अतिरिक्त महानिरीक्षकहरुको नेतृत्वमा सीमा अनुगमनलाई तिव्रता दिएकै कारण अवैध सामान बरामदीसमेत अत्याधिक बढेको छ । सोही कारण आर्थिक वर्ष २०७९÷८० को बैशाख अन्तिम सातासम्म चोरीनिकासी तथा पैठारीको १ अर्व रुपैयाँभन्दा बढीको सामान नियन्त्रणमा लिई सम्बन्धित निकायहरुमा बुझाइएको छ । खासगरी सीमामा हुने चोरीनिकासी नियन्त्रण, सीमा पिल्लर अनुगमन, काउण्टरपार्ट्ससँगको समन्वय र सहकार्य तथा सीमाना नजिक बसोबास गर्ने नागरिक र सशस्त्र प्रहरीबीचको सहयोग र सहकार्यलाई थप मजवुद बनाउनसमेत यस प्रकारका अनुगमन प्रभावकारी हुँदै गएको र आगामी दिनमासमेत यसलाई निरन्तरता दिइने सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसैगरी सीमा नाकाको अवस्था, वर्षातको समयमा हुनसक्ने डुवानको ’boutमा युनिटहरुले गरेको पूर्व तयारी’bout जानकारी लिने तथा भन्सार इलाकाको अनुगमनसमेत निरन्तर रुपमा एआईजीहरुबाट हुनेछ । जसकारण राजश्व संकलन र चोरीपैठारी नियन्त्रणमा संगठनको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा संगठनले गरेको छ ।