प्रतिपक्षी दलको अडान पुनर्लेखन गनुपर्ने, सत्तापक्ष सच्याउन तयार छैन

काठमाडौं । सरकारले संसदमा पेस गरेको आगामी नीति तथा कार्यक्रम ‘पुनर्लेखन’ गर्नुपर्ने अडानमा प्रतिपक्षी दल उभिए पनि सत्तारूढ दलका नेताले सच्याउनसम्म तयार छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको छलफलमा सरकारको नीति तथा कार्यक्रम अहिलेको समस्या समाधान गर्ने किसिमको नभएको बताउँदै पुनर्लेखन गर्नुपर्ने बताएका थिए ।

नीति तथा कार्यक्रम

सोमबारको छलफलमा प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे । देश नै बिग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङ्देनले बताए ।

अध्यक्ष लिङ्देनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए । देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो ? भन्दै उनले सरकारलाई प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन नगरे ‘रिङ आउट’ गर्ने चेतावनी समेत दिए ।

प्रतिपक्षी दलले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखनको माग गर्दै गर्दा सत्तारूढ दलका नेताले त्यसलाई सच्याउनसम्म तयार देखिएका छैनन् । सत्तापक्ष सांसदले भने प्रस्तुत नीति तथा कार्यक्रममा केही सुधारको आवश्यक भए पनि प्रतिपक्षी दलका नेताले भने जस्तो पुर्नलेखनको आवश्यकता नरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रस्तावित दस्तावेज पुनर्लेखन मात्रै हैन सच्चिँदा पनि नसच्चिने संसदीय अभ्यास रहेको दाबी गरे ।

यद्यपि, सांसद पाण्डेले संशोधनकर्ताले राखेका कुरालाई सकारात्मकरूपमा लिनुपर्नेमा जोड दिए । उनले संविधानलाई बलियो बनाउने नीतिगत र कार्यक्रमगत कुराहरू नीति तथा कार्यक्रम आएको दाबी समेत गरेका छन् ।

कांग्रेसका सांसद वीरबहादुर बलायरले नीति तथा कार्यक्रम सरकारले चिट चोरेर नल्याएको बताउँदै प्रतिपक्षी दलले भने जस्तै पुनर्लेखनको आवश्यकता नभएको टिप्पणी गरेका छन् ।

यस्तै, कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रममा समग्र पक्षलाई समेटिएको बताए । त्यसमा आफ्नो समर्थन रहेको बताउँदै उनले भने, ‘समग्रमा हेर्दा नीति तथा कार्यक्रमले समग्र पक्षलाई समेट्ने प्रयास गरिएको छ । आन्तरिक उत्पदान बढाउने, उपभोग बढाउने र मुलुकमा शुसासन स्थापना गर्ने जस्ता महत्वपूर्ण विषयहरू समेटेका छन् । त्यसैले यसमा मेरो समर्थन छ ।’

ओलीको व्यक्तिगत पीडा र व्यथा : नेपाल
यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गरेको टिप्पणीलाई ‘व्यक्तिगत पीडा र व्यथा’को संज्ञा दिएका छन् ।

ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनमार्फत् आफ्नो पीडा र व्यथा मात्रै पोखेको नेपालको भनाइ छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालले ओलीको नाम लिइनन्, तर आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने भन्दै अप्रत्यक्ष रूपमा ओलीको आलोचना गरे ।

ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि नेपालले दोहो¥याए । अध्यक्ष नेपालले भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले नीति तथा कार्यक्रममा उठेका प्रश्न’bout छलफल हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरेका छन् ।

उनले संसदलाई दुनियाँमा नीति निर्माण गर्ने थलोका रूपमा बुझेको बताउँदै बजेट निर्माण गर्ने अख्तियार संसदमा रहेको दाबी गरे । सांसद साहले संसदमा बोल्ने र ताली बजाउने भएको व्यंग्यसमेत गरे ।

जनयुद्ध शब्दमा चर्काचर्की
सोमबार भएको संसदको बैठकमा ‘जनयुद्ध’ शब्दमा सांसदबीच चर्काचर्की भएको छ । बैठकमा एमाले सचिव एवं सांसद योगेश भट्टराई र माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलबीच ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा सवाल जवाफ भएको छ ।

एमाले सांसद भट्टराईले असहमति दर्ज गर्दै उक्त शब्द प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट उच्चारण गर्न लगाएको आरोप लगाए । सांसद भट्टराईले संविधान जारी भएपछि उक्त शब्द प्रयोग नभएको स्मरण गर्दै असहमति व्यक्त गरे ।

‘यो २०७२ को संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजमा जनयुद्ध भन्ने शब्द प्रयोग भएको छैन’ भट्टराईले भने, ‘पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रपतिबाट उच्चारण गर्न लाउनुभएको छ ।’

भट्टराईपछि छलफलमा सहभागी भएका माओवादी केन्द्रका सांसद पौडेलले आन्दोलनको महत्व’bout स्मरण गराए । उनले भट्टराईलाई उक्त शब्दको अर्थ शब्दकोष पल्टाएर हेर्न अनुरोध गरे ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो