बझाङ उद्योग बाणिज्य संघको पहलमा चाउचाउ र गोल्ब वितरण

बझाङ । उद्योग बाणिज्य संघको विषेश पहलमा बझाङमा खटिएका शशस्त्र प्रहरी र प्रहरीलाई चाउचाउ पानी र गोल्बहरू वितरण गरिएको छ । उद्योग बाणिज्य संघको समन्व र चन्द्र धनुस सप्लायर्स र सुनचाँदि ब्यासायि संघको सहयोगमा प्रहरी र शशत्र प्रहरीलाई चाउचाउ र गोल्ब उपलब्ध गराएको बझाङ उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताए ।

चन्द्र धनुस सप्लायर्स साहु लक्षमण जाग्रिले २० पेटि चाउचाउ र सुनचाँदि ब्यावसायि संघले १० पेटि मिनिरल वाटर उपलब्ध गराएको हो ।

कोरोना भाईरस रोगथामा दिन रात नभनि लगडाउनलाई सफल पार्नका लागि डिउटिमा खटिनु भएको भन्दै सहयोग गरेको सहयोगिहरूले बताएका छन् । हाम्रो लागि खटिनु हुने सुरक्षाकर्मिहरूलाई आफुहरूले सहयोग पाउदा खुसि लागेको उनिहरूको भनाई छ । उक्त सामान बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलि, सचिब संकर रसाईलि, दिपक ओलि, लगायतका ब्याक्ति र सुनचाँदि ब्यावसायि संघका पदाधिकारिहरूको सहभागिता रहेको थियो ।

बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष सुर्मेलिले सुरक्षाकर्मिले यस कार्यमा ठुलो भुमिका निर्वाह गरेको भन्दै सुरक्षामा खटिनु भएकाहरू सबै र प्रशासन लगायत सबैलाइ धन्यबाद ज्ञापन गर्नुभयो । साथै सबै बझाङ बासि लगायत देश बासिहरूलार्इ लकडाउनको पुर्ण कार्यान्वयन गरि सहयोग गरिदिन समेत अनुरोध गर्नु भएको छ । यो युद्द लड्नका लागि सबैले आ आफ्नो ठाँउमा सुरक्षित बस्नु नै उत्तम हुने र एक ब्याक्तिले अर्को ब्याक्तिको सम्पर्क नजिक नपर्न हुन समेत उद्योग बाणिज्य संघले सबैलाई आग्रह र अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी