लकडाउनमा दिउँसै मोटरसाइकल चोरी

सप्तरी, राजविराज । लकडाउनको समयमा शनिबार दिउँसै चोरीको घटना भएको छ । सप्तरी सदरमुकाम राजविराज स्थित सहरी स्वास्थ्य क्लिनिक केन्द्र अगाडीबाट दिउसो ३ बजे तिर सोही क्लिनिकका प्रमुख सन्तोष दासको बा ४३ प २२१२ नम्बरको मोटरसाईकल चोरी भएको हो ।


क्लिनिकको कामले व्यस्त रहेको उनी काम सकेर बाहिर निस्किदा मोटरसाईकल चोरी भएको थाहा पाएका थिए । प्रहरी उपरिक्षक कृष्ण प्रसाईले मातहतका सवै प्रहरी कार्यालयमा सो ’bout जानकारी गराई खोजी कार्य भईरहेको बताए ।
लकडाउनका बेला स्थानियबासी घरमै सिमित भएका तथा सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका वावजुद दिउसै भएको चोरी घटनाले सवैलाई चकित बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार