विपन्न चलचित्र प्राविधिक आर्थिक संकटमा

काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि नेपाली चलचित्रको गतिविधि ठप्प भएपछि चलचित्रमा दैनिक ज्यालादारीमा काम गर्ने सिने मजदुर आर्थिक संकटमा परेका छन् । उनीहरूको परिवारलाई अहिले खाद्यान्नको अभावमा हातमुख जोर्न गाह्रो परेको छ ।

यो समस्या आएपछि नेपाल चलचित्र प्राविधिक संघले सो संघका आर्थिक रूपमा अत्यन्त विपन्न करिब सय जना प्राविधिकका परिवारलाई सहयोग गर्न सिनेकर्मीलाई अपिल गरेको छ । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले प्राविधिकहरूलाई दैनिक आवश्यक खाद्य सामग्री किनेर प्रदान गर्न चलचत्रकर्मीहरूलाई आह्वान गरेका छन् ।

चलचित्रमा दैनिक ज्यालादारीमा भान्सा, लाइट, स्पट, केयरटेकरजस्ता विभिन्न तहमा कार्यरत चलचित्र मजदुरहरूको काम रोकिएपछि काठमाडौंमा उनीहरूलाई परिवार पाल्न गाह्रो भएको संघका अध्यक्ष लामाले राजधानीलाई बताए ।

‘दैनिक ज्यालादारीमा काम गरेर परिवार पालेका हाम्रा भान्सा, लाइट, स्पट, केयरटेकरसहित विभिन्न प्राविधिक सदस्यले चामल किन्ने पैसा नभएको भन्दै फोन गरेपछि हामीले उहाँहरूको नाम संकलन गरेका छौं । यस्ता फोन आएपछि संघको आधिकारिक फेसबुकमा सहयोग समिति गठन गरेर समस्यामा परेका प्राविधिकलाई सम्पर्कमा आउन आह्वान गरेका छौं ।’ सो आह्वानपछि दुई दिनमा करिब सय जनाले समितिमा फोन गरेर दैनिक आवश्यक खाद्यान्न सहयोग माग गरेको अध्यक्ष लामाको भनाइ छ ।

यो संख्या एक÷दुई दिनमा अझै बढ्ने बताउँदै अध्यक्ष लामाले भने, ‘हाम्रो संघमा १३ सय सदस्य छन् भने सदस्य नभएका र म्युजिक भिडियोतर्फ काम गर्नेसमेत सिने मजदुरको संख्या ३ हजारभन्दा बढी छन् । जसमा संघका करिब ३ सय सदस्यको आर्थिक अवस्था निकै दयनीय छ ।’

चलचित्रको काम सुरु हुन अझै एकदेखि डेढ महिना लाग्ने भएकाले उनीहरूलाई यो अवधिका लागि आवश्यक चामल, दाल, नुन, तेल, मसला, चिउराजस्ता सामग्री किनेर प्रदान गर्न आवश्यक भएको अध्यक्ष लामाले बताए ।

उनीहरूको न्यून आर्थिक अवस्था’bout अध्यक्ष लामाले अगाडि थपे, ‘पछिल्लो समय चलचित्रको निर्माणमा कमी आएको र दैनिक हजार÷१२ सयमा काम गर्नुपरे पनि यस्ता मजदुरहरूले नियमित काम नपाउँदा आर्थिक संकट भोगेका हुन् । अहिले सबै काम ठप्प भएर घरमा बस्नुपर्दा घरमा खान नभएपछि उनीहरूले हामीसँग चामल, दाललगायतका खाद्यान्न जुटाइदिन अनुरोध गरेका हुन् ।’ आधाजसो सिने मजदुर गाउँतर्फ लागे पनि बाँकी मजदुर विभिन्न कारणले काठमाडौंमा नै रहेकाले उनीहरूलाई अहिले सहयोग गर्नुपर्ने अवस्था आएको लामाले बताए ।

अभिनेता अभिनेत्रीहरूले कोरोनाविरुद्ध सरकारी कोषमा आर्थिक सहयोग गरिरहेको बेला चलचित्र उद्योगमा दैनिक ज्यालादारीमा खट्दै आएका विपन्न प्राविधिकहरूलाई सहयोग गर्न पनि अध्यक्ष लामाले चलचित्रकर्मीलाई आह्वान गरेका छन् ।

विगत एक महिनायताबाट चलचित्रको सुटिङ रोकिन सुरु गरे पनि १५ दिनबाट सबै काम ठप्प छ । यस्तो अवस्थामा चलचित्रमा दैनिक कार्यरत विपन्न प्राविधिकहरूको अवस्था दयनीय हुँदै गएको पनि अध्यक्ष लामाले बताए ।
समाचारमा प्रयोग भएको तस्बिर इन्टरनेटबाट लिइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?