समाजवादी मोर्चाको धनगढी सभा स्थगित

काठमाडौँ । समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको सभा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको हो ।

‘शीर्ष नेताहरूको कार्यव्यस्तताले आजका लागि तय गरिएको सभा स्थगित गरिएको छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने,‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परामर्शमा तय गर्नुहुनेछ ।’

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरीयसभा भोलि अर्थात् भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी