लमजुङमा डेंगुबाट एकै महिनामा ४५ संक्रमित

लमजुङ । लमजुङमा डेंगु संक्रमितको संख्या ५६ पुगेको छ । चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो २ महिनाको अवधिमा त्यति ठूलो संख्यामा डेंगु संक्रमित फेला परेका हुन् ।

३३ जना पुरुष र २३ जना महिलामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङका भेक्टर कन्ट्रोल निरीक्षक यमराज बरालले बताए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो अर्थात साउन महिनामा ११ जनामा मात्रै संक्रमण देखिएको थियो ।

भदौ महिनाको २८ गतेसम्मको तथ्याङ्कअनुसार यो महिनामा मात्र ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीणकुमार खनालले बताए । उनकाअनुसार पछिल्लो साता डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको छ । उनले भने, ‘पछिल्लो ४ दिनको अवधिमा बेसीशहरमा ७ जना पुरुष २ महिला गरी ९ जनामा डेंगुको संक्रमण देखिएको छ ।’

जिल्लाका ८ पालिकामध्ये सदरमुकाम रहेको बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको खनालले बताए । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरिका ५२ जना संक्रमित मध्ये बेसीशहर नगरपालिकाका मात्रै २८ जना रहेको खनालको भनाइ छ ।

पालिकास्तरमा संक्रमित हुनेमा सबैभन्दा बढी बेसीशहर नगरपालिकामा र सबैभन्दा कम राइनास नगरपालिकामा ४ जना, सुन्दर बजार नगरपालिकामा ८ जना, मध्यनेपाल नगरपालिकामा ३ जना, मस्र्याङदी गाउँपालिकाको २ जना, क्व्होलासोँथार गाउँपालिकाको २ जना, दूधपोखरी गाउँपालिकाको १ जना र जिल्ला बाहिरको २ जनामामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार दोर्दी गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगु रोकथाम तथा न्युनिकरणका लागि जिल्लाको सवै पालिकामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनुका साथै लामखुट्टेको लार्भा खोजि गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी