रुगाखोकीले सिंगो गाउँमा प्रभावित

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले प्रभाबित भएको खबर आएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरी फर्किएको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सय बढी परिवारका सदस्य विरामीको बताइएको छन् । घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण विरामी परेको वडा अध्यक्ष दिपक रावतले बताएका छन् ।

हिजो मात्र खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष र संस्थ्यकर्मीको टालि गाउँ पुगेको थियो उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दाबहादुर रावतले भनेः‘मैसमी रुगाखोकीमात्र हो त्यस्तो आत्तीनु पर्ने खासै छैन, बिरामी भएका पाँच जनालाई उपचार गरीरहेका छौं। गाउँ पुरै यसरी थला परेको हैन।’सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकीत हुने जस्ता लक्षण देखिएको रावतले बताए

लकडाउनको समयमा पुराबाब्ला रुघाखोकीको प्रकोपको खबर आए पछि गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतको निर्देशनमा गाउँमा स्वास्थ्यकर्मीको टोलि पठाइएइको हो । सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका थिए स्वास्थ्य कर्मीले मैसमी रुगाखोकी भने पछि जनताको छटपटी कम भएको छ ।

विरामी मध्ये अधिकांश सामान्य अवस्थाका भएपनि केहीलाई गाह्रो भएको अवस्था छ। साँझको समयमा बेला हुने गरेको विरामी सुन्तला मिजारले बताएकी छन् । गाउँ नै रुघाखोकीको संक्रमणले थलापरेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभुत स्वास्थ्य इकाई सञ्चालन गरिएको छ ।

गाउँपालिकाले बाह्विस बेतालमाण्डौको बाटोहुँदै भारतबाट आउनेहरु सहजै गाउँपालिका प्रवेश गर्न थालेपछि निगरानी र सुरक्षाका लागि हेल्थ डेक्स सञ्चालन गरिएको र प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ ।

गाउँमा सञ्चालन गर्ने निर्णय यस अघि नै भएपनि सञ्चालनमा ढिलाइ भएको थियो। स्थानीय उपचारका लागि छिमेकी बुढीगंगा नगरपालिकाका निजी मेडिकल र टाँटे स्वास्थ्य चौकीमा जान गरेका थिए। लकडाउनको समयमा त्यो अवस्था नरहेपछि एकाएक स्वास्थ्य इकाई नै सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् ।

इकाईमा अहेब भगत धामी र अनमी ईश्वरी रावत रहने व्यवस्थासहित उपचार पनि सुरु गरिएको छ। संक्रमण फैलिएको सातादिन बितेपनि नियन्त्रणमा आएको छैन। स्वास्थ्यकर्मीसहितको टोली राखेर उपचार सुरु गरिएकोले केही दिनमै नियन्त्रणमा आउने गाउँपालिकाले बताएको छ ।

यसअघि विरामीले औषधि समेत पाएका थिएनन ्। उपचारका लागि टाँटे जानु पर्ने र लकडाउन र कोरोनाका कारण स्वास्थ्यकर्मीले सहज सेवा दिन पनि नमानेका कारण स्थानीय विराम सहेर बस्न बाध्य थिए। रुघाखोकीको संक्रमण ’bout गाउँपालिकाले अन्य निकायलाई भने खबर गरेको छैन ।

‘३ सय बढी विरामी भएको भन्ने कुरा साँचो हैन, गाउँमा सामान्य मैसमी रुगाखोकी फैलिएको छ । गाउँ पुरै प्रभावित भएको छैन्’ स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी