स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारको विज्ञप्ति विवादित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति विवादित भएको स्वास्थ्यविज्ञहरु टिप्पणी गरेका छन् ।

विज्ञप्तिमा सरकारले ल्याएको -यापिड टेष्ट किट चीन सरकारले प्रमाणित गरेको उल्लेख छ । तर, स्वास्थ्यविज्ञहरुले विश्व स्वास्थ्य संगठन र फुड एन्ड ड्रग एडमिनीस्ट्रेसनले मान्यता दिएका स्वास्थ्य सामाग्रीहरुको मात्रै वैधता हुने बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् स्वास्थ्यविज्ञ डा.बाबुराम मरासीनिले भने, ‘विश्व स्वास्थ्य संगठन र फुड एण्ड ड्रग एडमिनीस्ट्रेसनले मान्यता दिएको मात्रै प्रयोगमा ल्याउनुपर्छ । त्यसैले पनि गुणस्तरमा प्रश्न उठेको हो ।’ त्यति मात्र होइन सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ । तर, पूर्वस्वास्थ्य सचिव डा.सुधा शर्माले किटको गुणस्तर जाँच गर्ने क्षेमता परिषद्सँग नभएको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 679 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?