पानी पिउन जाँदा डुबेर ८ वर्षिय बालिकाको मृत्यु


बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोट घर भएका ८ वर्ष की विनिता नेपाली रहेकी छन् । चिनेचौर क्षेत्रमा गोरु चराउन गएको बेला पानी खानेक्रममा डुबेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी दिएकी छन् ।

दिउँसो २ बजे नदीमा डुबेकी नेपालीको शव साँझ ५ बजेतिर पैमाको पहिरोले ताल पारेको द्धवारीमा भेटिएको हो । विनिता नेपालीसँग उनकै उमेरका अरु साथीहरु पनि थिए । सँगै गएकाहरुले नै आफन्तलाई डुबेको जानकारी गराएका थिए । शव उद्दार गरि आफन्तले जिम्मा लिएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी