मोरङ । प्रदेश नं. १ मा बिहिबारसम्म आएका रिपोर्टमा कसैमा पनि कोरोना भाईरस को संक्रमण देखिएको छैन । बिहिबारसम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो ।
ती मध्ये ४२ जनाको रिपोर्ट आएको छ । रिपोर्ट सवैको नेगेटिभ अर्थात कोरोना भाइरस्को संक्रमण नदेखिएको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुङ्गाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन भएको छ ।
यस्तै बिहिबारसम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट ५/५ जना र उदयपुर र पाँचथर २/२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताए ।
प्रदेश नं. १ मा आईसोलेसनमा ११ जना भर्ना भएका छन् । बिहिबार मात्र कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।
यस्तै आइसोलेशनका लागि भर्ना भएका मध्ये ६ जना पुरुष र ५ जना महिला छन् । सुनसरीबाट १, ओखलढुङ्गा र उदयपुरबाट २/२ जना महिला रहेका छन् । यस्तै मोरङबाट ४ , ताप्लेजुङ र पाँचथरका १/१ जना छन् । आईसोलेसनमा रहेका ४ जना डिस्चार्ज भएका छन् । प्रदेश नं. १ का ४३ अस्पतालले ४ सय १ आईसोलेसन वेड तयारी अवस्थामा राखेको छ भने ३ सय ९७ वटा फिवर क्लिनिक सञ्चालनमा छन् । फिवर क्लिनिकमा बिहिबार १ हजार ९ सय ४१ जना विरामी आएको डा. मेहताले बताए ।