नक्कली मोरी लिएर गायनमा फर्किए दिल

काठमाडौं । गायक दिल ब्लोनले आफ्नो नयाँ गीत नक्कली मोरीको भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीत युवा पुस्ताप्रति लक्षित गरेर रोमान्टिक भावमा तयार पारिएको दिलले बताएका छन् ।

विगतका गीत झंै यो गीतको रचना र संगीत पनि दिल आफैंले गरेका हुन् । एक दशक अघि गायनमा निकै सक्रिय दिल केही वर्षको विश्रामपछि गायनमा पुनः फर्किएका हुन् । अब गायनलाई निरन्तता दिने उनले बताएका छन् ।

उनले आफ्नो यो नयाँ गीतको भिडियो ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेका छन् । यो गीतको भिडियोमा दिल ब्लोन आफैंले मोडलिङ गरेका छन् । गीतमा उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छन् । म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, क्रान्ति केसीको सम्पादन तथा निर्देशन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी