राजधानीकर्मी पाण्डे पुरस्कृत

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले आफ्नो ५०औं स्थापना दिवस एवं स्वर्णजयन्तीको अवसरमा गत बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा राजधानी दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ ।

साढेदुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पाण्डेलाई विशेषगरी पर्यटन विद्यामा कलम चलाएर सञ्चारकर्मको माध्यमबाट मुलुकको पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु-याएको भन्दै उत्कृष्ट योगदानको मूल्यांकनस्वरूप संघले ‘स्वर्गीय दावा नोर्बु पर्वतारोहण पत्रकारिता अवार्ड’ प्रदान गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई सो अवार्ड प्रदान गरेका हुन् । संघले पुरस्कार छनोट समितिले गरेको निणर्यअनुसार बुधबार सो अवार्ड प्रदान गरिएको जनाएको छ । यसैगरी, संघले कर्पोरेट नेपाल डटकमकी पर्यटन पत्रकार फुर्वा शेर्पालाई पनि सोही पुरस्कार प्रदान गरेको थियो । शेर्पाले केही साता अघि मात्र युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको पनि सफल आरोहण गरिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध