यौन र एड्स एक विडम्बना

१ डिसेम्बर, विश्व एड्स दिवस । ‘एक्वायर्ड इम्युनो डेफिसियन्सी सिन्ड्रोम’ अर्थात् एड्सले २०औं शताब्दीको अन्त्यदेखि विश्वको ध्यानाकर्षण गराएको हो । यो समस्या हो शरीरको, संसारको भनौं सबैको । युवाहरू विदेश बस्दा परिबारबाट अलग भएका पीडा र त्यसमा पनि हुने जोखिम कति छ ? हामीले विश्लेषण गरेकै छैन । असाध्य रोगहरू पनि भित्रिएका हुन सक्छन्, मुलुकलाई त्यो पनि चिन्ता छैन, बरू मुलुकलाई विप्रेषण भए पुग्ने भएको छ ।

त्यसो त समस्या संसारको धेरै छ, गरिबी, अशिक्षा, अशान्ति, विभिन्न प्रकोप, रोग, यसमा पनि बढी मधुमेह, उच्च रक्तचाप, क्यान्सर, कोरोना, थरिथरी छन् । भयावह सिर्जना गर्ने, निद्रा हराम गर्ने, त्रासदीय सन्नाटाहरू यस संसारमा मान्छे किन जन्मन्छ ८ अर्ब केवल मर्नकै लागि हो त ? उसो भए मंगल ग्रहको खोजी र नासाको यात्रा नै किन ? चन्द्रयान चन्द्रमामा पुगिसक्दा सूर्ययानको चटारो पनि त्यतिकै छ त ? त्यसो त यो देखिएको संसार एउटा हो, विज्ञानले भनेको, पूर्वीय दर्शनले त अनेकौं ब्रह्माण्ड, अनेकौं सूर्य छ भनेको छ । कमसे कम १२ सूर्यका नाम त अहिले पनि तोकिएकै छ भानु, भाष्कर, रवि, आदित्य आदि ।

त्यसो त एड्सको ओखती थिएन जतिबेला १२ वर्ष मुस्किलले मान्छे बाँच्थ्यो, जहिलेदेखि यसको संकेत देखियो । अब विज्ञानले ओखती पत्ता लगायो र पनि रोग छ । मर्नेको संख्या घटायो, संक्रमण त बढेकै छ । र, त हरेक दिन १४ हजारको संख्याले मापन हुन्छ, एड्स संक्रमणको संख्या । खोइ यसपालि त एड्सबाट मर्नेको संख्या अलि बढेको खबर आयो त । सन् १९८१ मा जतिबेला अमेरिकामा संक्रमण देखियो, औषधि थिएन, अहिले ओखती छ, यसको र नियमन र रोकथाम गर्ने निकाय पनि धेरै छन् । हाल संसारमा ३ करोड बढी संख्यामा संक्रमित छन् र आपूm संक्रमित भएकामध्ये ७० प्रतिशत मान्छे थाहै पाउँदैनन्, संक्रमित छु भन्ने । पहिले त परीक्षणमा पनि डराउँथे, परीक्षण र ओखती निःशुल्क छ, अहिले ।

पुरूषले पुरूषसँगै गर्ने यौन सम्पर्क, सुईबाट नसालु औषधि सेवन, असुरक्षित यौन सम्पर्क, परीक्षणबिनाको रक्तदान, रोजगारीमा छलाङ मार्नेगरी स्वदेश, विदेशको भागदौड, सवारी चालकहरूसँगको जथाभावी यौन आकर्षण र सम्पर्क धेरै छन्, यसको वृद्धिका कारणहरू । त्यसो त एचआईभी एड्सका केही विधिहरू पनि छन्, निराकरणका लागि जसलाई एबीसी मेथडको नामले सम्झन सजिलो छ । ‘ए’को अर्थ एक्सटिनेन्स भनौं, यौन सम्पर्क नै नगर्ने, ‘बी’को अर्थ विट्विन टू पार्टनर भनौं, श्रीमान् श्रीमती मात्र र ‘सी’को अर्थ हुन्छ कण्डम, अर्थात् सम्पर्क गर तर कण्डम प्रयोग गरेर ।

सन् १९८८ देखि विश्व तात्यो यसमा र हरेक वर्ष १ डिसेम्बरलाई यसको दिवसका रूपमा मनाउन पनि थाल्यो । नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन नियन्त्रण केन्द्रले यस’bout काम गरिरहेको छ । यसका अनुसार २०७७ को एड्स दिवस मनाइरहँदा पुरूष १७ हजार ५ सय ८७ र स्त्री ११ हजार ९ सय १६ गरी जम्मा २९ हजार ५ सय ३ जनाको संक्रमित संख्या बताएको थियो । यहाँ ८० प्रतिशत संक्रमितहरू असुरक्षित यौन सम्पर्कबाटै हुने गरेको भनेको थियो । यसको जोखिममा ५ प्रतिशत छन् । २०७७ असारसम्मको तथ्यांकमा ६६ प्रतिशत अर्थात् १९ हजार ४ सय जना मात्र उपचारमा संलग्न भएका र हाम्रो सन्दर्भमा वृद्धिदर १ प्रतिशतभन्दा कम छ ।

पूर्वीय दर्शनले यौनलाई गोप्य राखेको थियो र विवाहपूर्व यौन सम्पर्कलाई बर्जित गरेको थियो

सन् २०१० को तुलनामा सन् २०१९ मा आइपुग्दा नयाँ संक्रमणको दर ६४ प्रतिशतले घटेको छ । बालबालिकामा भने यसक्रममा ८५ प्रतिशतले कमी आएको छ । एड्सले नै मर्नेको संख्या ८५ प्रतिशतले घटेको छ । यस पंक्तिकारले जतिबेला झन्डै ३३ वर्षअघि यससम्बन्धी एक अध्ययनमा संलग्न भई प्रतिवेदन बुझाउँदै थियो, सम्बन्धित निकायमा स्थिति भयावह थियो । अहिले करिब सामान्य देखिन्छ, यस विषयमा । सामाजिक सञ्जालमा उत्ताउला फोटाहरू धेरै आउने गरेका पाइएको छ, अहिले । टिकटक त बन्द नै भएको अवस्था छ, जुन विषय गोपनीय हुन्छ । उजागर गर्दा त्यसको महत्व बढ्ने होइन बरू घट्छ ।

यस शताब्दीको सुरुतिर १४ देखि ५० वर्ष उमेर समूहका विश्वका ३ करोड ६१ लाख मानिसहरू यसबाट संक्रमित भई बाँचिराखेका थिए भने यसमा आधा संख्या महिलाकै देखिन्थ्यो । सन् २००४ मा आइपुग्दा ३० लाखले एचआईभी एड्सबाट ज्यान गुमाए । जहाँ गरिबी र अशिक्षा छ, त्यहाँ यौन धन्दा बढी हुने, चेलीबेटी बेचबिखन हुने, खुला सीमाका कारण मानव ओसारपसार, वेश्यावृत्ति, शिक्षा आर्जनको चाहनामा शिक्षकहरूबाटै यौन तृष्णा, आफन्तबाटै यौन पिपासुको घेराबन्दी, लैंगिक विभेद, पर्यटन, पर्यटकको देखासिकी, धेरै खर्चबर्चको चाहना, व्यापारिक काम, पेसागत काम कारबाहीले स्त्री पुरूषको सदाबहार भेटघाट, धेरै विषय गुप्त रहने, पद, प्रतिष्ठाको लोभ र शारीरिक भोकले यौन कार्यलाई सामान्य रूपमा बुझिदिँदा पनि यस्ता रोगबाट मानिसलाई समस्या खडा गरेको देखिन्छ ।

धेरै यस्ता रोगी भएको स्थान अफ्रिका हो । बालबालिका पनि त्यहीँ बढी संक्रमित छन्, मृत्युको सिकार हुने संख्या त्यहीँ बढी छ । विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०१५ मा आइपुग्दा संसारमा ११ लाख मानिसले यस रोगबाट ज्यान गुमाए । यो रोग आपैmमा रोग नभएर इम्युन सिस्टमको कमजोरी, रोग प्रतिरोधात्मक क्षमताको कमी हो । नेपालमा यससम्बन्धी रोग निराकरणका लागि विगत ५ वर्षमा मात्रै ११ करोड ४७ लाखभन्दा बढी यूएस डलर अर्थात् १० अर्ब ९ करोड रकम छुट्याइसकेको एक तथ्यांक छ । यसअघि पनि धेरै रकम विदेशीहरूले दिएका हुन् । बढी संक्रमित हुने हाम्रो सन्दर्भमा १५ देखि ४० वर्ष समूहका किशोर किशोरीहरू छन् । रोजगारीका सिलसिलामा धेरै जनशक्ति बाहिर रहेका, अपरिचतसँगको यौन सम्पर्कले यो रोग बोकी ल्याएका केसहरू पनि धेरै छन् ।

पूर्वीय दर्शनले यौनलाई आजको जस्तो खुला राखेको थिएन । विवाहपूर्व यौन सम्पर्कलाई पाप भनेको थियो । वास्तवमा पाप भन्नु प्रदूषण नै हो । आजको जस्तो बिहेबारीमा उमेरको ढिलाइ पनि थिएन । दिदी बहिनीहरू केटा साथी बनाउन हम्मेसी तयार हुँदैनथे । विभिन्न कथा कुथुंग्रीहरू बनाएर यस’bout सतर्क रहनेगरी शिक्षा दिन्थे, हाम्रा पूर्वजहरू, बाबु आमाको इज्जत, प्रतिष्ठा सम्झन्थे । बहकाउमा नलाग्न नैतिक शिक्षा दिन्थे, जग्यमा चरू होम गरेर अग्नि साक्षी राखेर जन्ती, बरियात, पूरा इष्टमित्रलाई देखाएर, सम्धी, सम्धेलो गराएर केटा केटीको इज्जत, औकात, प्रतिष्ठा हेरेर, ढोग, भेट गरेर, औपचारिक सिउँदोमा सिन्दुर भरेर विवाह गर्ने चलन थियो ।

परीक्षणका लागि विवाहको लगत्तै दुलही भित्र्याएपछि मातृका स्थापना गरेको कोठामा दम्पती सुतेर भोलिपल्ट जग्य बनाई बच्चा पाएको थाङ्ना धोएको प्रतीकका रूपमा खट्कुँलोमा सबैले देख्नेगरी मैला कपडा धुने, अघिल्लो जग्यमा औपचारिक जूठो खाने खुवाउने चलन थियो । शारीरिक सम्पर्कको प्रमाणित र कुनै कमी कमजोरी भए गुनासो पोख्नेगरी १६ दिनभित्र ससुराली जाने, जसलाई १६ दिने साइत या दुलहन फर्काउने चलन थियो । अब त्यसो रहेन, गर्भ बोकेको ६ महिनामा मन्दिर गएर सिन्दुर हाल्ने वा कोर्ट म्यारिज गर्ने प्रथा आयो । विदेशमा त रिहर्सल पति पत्नीको पहिल्यै हुन्छ भन्ने सुनिन्छ, यहाँ पनि त्यही सिको भएको देखिन्छ । बाबुले खोजेको केटाको कुरा गर्दा मैले त स्कुलमा उहिल्यै… बुबा भन्ने गरेको यस्तै धेरै विषय देखिएका छन् । विदेशमा पारपाचुके गर्नेको संख्या पनि धेरै देखिन्छ । यतातिर पनि सम्बन्ध भत्किएका केसहरू धेरै छन् ।

सत्य युगमा पार्वतीले तीजको व्रत बसेको धर्म पत्नी र पति देव बनाउन हो । हिजोआजको व्रत ‘हस्बेन्ड’ र ‘ब्वाइफ्रेन्ड’का लागि भएको छ । अझ एक कदम अघि सरेर ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डका लागि भएको छ । विज्ञानले सन्तानोत्पादनमा एक्स र वाई क्रोमोजोम भनेको छ । पूर्वीय दर्शनले प्राकृत नारी रजस्वलाको जोर रात्रिको सम्पर्कले छोरो पाइने र विजोर रात्रिको यौन समागमले छोरी हुने भनेको छ । भनौं रजस्वलाको चार दिन यौन सम्पर्क वर्जित छ र ६, ८, १०, १२, १४, १६ दिनको रात्रिको सम्पर्कले छोराको बीज रोपण हुने, ५, ७, ९, ११, १३ र १५ दिनको रात्रिले छोरीको बीजरोपण हुने हुन्छ । सामान्यतया त्यसपछि अर्को रजस्वला नभएसम्म गर्भ बस्दैन ।

एक महिनामा शिर बन्ने, दुई महिनामा हात, खुट्टा, अंग तयार हुने, तेस्रो महिनामा पुरूष, स्त्री छुट्टिने अंग बन्ने हुन्छ । हिजोआज चिकित्सकहरूले १२ सातापछि अल्ट्रासाउन्ड पद्धतिबाट छोरो वा छोरी गर्भमा छुट्ट्याउन सक्छन् र कानुनले १२ सातापछिको गर्भपतनलाई अबैध भनेको छ । ६ महिनापछि बालकले आमाको दायाँ पेटमा रही खेल्न थाल्ने र आमाले खाएका खानाबाट रसपुष्टि भई ९ मास पूरापछि सूतिका वायु वेगबाट आमाको गर्भबाट बालक जन्मने हुन्छ । अिजोआजको वातावरण चिकित्सकले यही अनुमानमा डेलिभरिको समय दिन्छन् र कतिलाई शल्यक्रिया अपनाउनुपरेको पनि देखिन्छ । वैवाहिक कार्य भनेको असल गृहस्थ जीवनको आरम्भ मान्दै दाम्पत्य प्रेमबाट सुखी जीवनको परिकल्पना गरेको छ, शास्त्रले । असल सन्तति प्राप्तिका लागि धर्म गर्नु पर्छ भनेको छ । वीर्य संरक्षण गर्नुपर्ने, त्यसले शरीरमा शक्ति सञ्चय हुने भनेको छ ।

निरोगी पुरूषमा चार माना जम्मा शुक्रकीट र स्त्रीमा जम्मा २ माना शोणित हुन्छ । शुक्र र शोणितको संयोगले नै बच्चा पैदा हुने हो । त्यसैले, यो उद्यम वा कुनै व्यवसाय वा धन्दा होइन । यसका निश्चित मर्यादा हुन्छन्, जब मर्यादाको सीमा तोडिन्छ अनि कोरोनाजस्तै भयभीत हुनेगरी रोगहरू बल्झने गर्छन् । हिजोआजको जस्तो खुला व्यवहार र पारदर्शी अंग प्रदर्शनलाई कमसे कम लज्जाको विषय मानेको छ धर्म, संस्कृति र संस्कारले । निश्चय पनि समय गतिशील छ । यसो भन्दैमा बलवान् समयको नजरअन्दाज गर्दा समस्या बल्झने आपैmलाई हो, समाजलाई हो, संसारलाई हो । जुन कुरा गोपनीय छ, त्यसलाई बढी खुला गर्दा त्यसको महत्व कम हुनसक्छ ।

शास्त्र कहिल्यै शस्त्र बोकेर आउँदैन, सांकेतिक रूपमा बुझ्नुपर्ने हुन्छ । पशुपन्छीमा जस्तो यो विषय खुला हुने होइन । मनको संकल्पले पनि यौन भनेको यौन नै हो, विषय पाप नै हो, अघिअघि आमा छोरा नै भए पनि उमेरको हदसम्म कोठामा एकान्तमा एकैठाउँमा बस्नु हुन्न भनिन्थ्यो । उमेरको हदमा आमाले बचपनमा सर्वाङ्ग स्याहार सुसार त गर्ने नै हो । हिजोआज लज्जा हराएको छ, सबैलाई कुम जोड्नमै हतारो छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)