प्राविधिकलाई सहयोग’bout दीपकराजको टिप्पणी

काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै आफूहरूले गरेको सहयोगलाई दान भनिएकोमा त्यसको निन्दा गरेका छन् । यी हास्य अभिनेता एवं निर्माताले नेपाली चलचित्रका सिने मजदुरका लागि एक लाख २० हजार रुपैयाँ दिने घोषणा गरेपछि अरू सिनेकर्मी जुर्मुराएका हुन् । यस्तो अवस्थामा आफूहरूले आफ्नै क्षेत्रका साथीहरूलाई गरेको सहयोगलाई श्रमिकको अपमान भएको भन्दै टिप्पणी गरेको दीपकलाई मन परेका छैन ।

चलचित्र क्षेत्रमा आफूहरू परिवार जस्तो भएको र परेको बेलामा एकले अर्कालाई सहयोग गर्नुलाई सकरात्मक रूपमा लिनुपर्ने यी अभिनेताको भनाइ छ । उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो प्रतिक्रिया दिएका छन्, ‘भारतमा सबै कलाकारले दैनिक ज्यालादारी कामदारलाई पैसा उठाएर मद्दत गर्दै छन् । हामीले पनि त्यही गर्दै छांै । तर, हामीले गर्दा चन्दा किन उठाको, श्रमिकको अपमान भयो, यसले यति दियो, उसले यति मात्रै किन दियो भनेर नकारात्मकता नै फैलायौं ।’

चलचित्र श्रमिकलाई दिएको राहत’bout केही व्यक्तिले फेसबुकमा उनीहरूको अपमान भएको टिप्पणी गरेका थिए । यस्तो टिप्पणी आउन थालेपछि अभिनेता गिरीले फेसबुकमा लेखेर त्यसको थप टिप्पणी गरेका हुन् । आफूहरूले गरेको सहयोगप्रति फैल्याइएको नकारात्मक धारणाप्रति अभिनेता गिरीले दुःख व्यक्त गरेका छन् ।

नेपाल चलचित्र प्राविधिक संघले दीपकराज गिरीसहितका कलाकारलाई आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरेको छ । दीपकराजले सुरुवात गरेपछि उठेको रकमबाट प्राविधिक संघले सोमबारसम्ममा ३ सय जना ज्यालादारी चलचित्र मजदुरलाई जनही ३ हजार रुपैयाँ बराबरको राहत प्रदान गरिसकेको छ । अझै केही प्राविधिक सम्पर्कमा आएकाले उनीहरूलाई पनि राहत प्रदानको तयारीमा आफू जुटेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । यसरी प्राविधिकलाई पर्दा कलाकारले सहयोग गर्नुलाई श्रमिकको अपमान भएको ठान्नु नहुने अध्यक्ष लामाको पनि भनाइ छ । उनले दीपकराज गिरीलगायतको सहयोगको खुलेरै प्रशंसा गरेका छन् ।

अभिनेता गिरीले भारतीय कलाकारले घरभित्रै बसेर बनाएको एक भिडियोका खुलेर प्रशंसा गरेका छन् । अभिनेता गिरीले सो भिडियो सेयर गरेका छन् । अमिताभ बच्चन, रजनी कान्त, रणवीर कपूर, आलिया भट्टसहित थुप्रै कलाकारको संयुक्त अभिनय गरेको यो सन्देशमुलक भिडियोमा कलाकारले एउटा कथामार्फत सबैलाई घरभित्र सुरक्षित रहन आग्रह गरेका छन् । यो भिडियोबाट प्राप्त विज्ञापनको पैसा उनीहरूले भारतीय सबै सिनेमजदुरलाई सहयोग गर्नेछन् । आफूहरूले गरेको सहयोगको टिप्पणी भएपछि यो भिडियो’bout अभिनेता दीपकराज गिरीले यसो भनेका छन्, ‘बलिउडका कलाकारले यो भिडियोबाट हामी एउटै फेमली हौं भन्ने सन्देश कति मिठो तरिकाले दिएका छन् तर हामीलाई एक्लै हिरो हुने बानी छ । वास्तवमा धेरै सिक्न बाँकि छ हामीले ।’

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी