बुन्डेस लिगा मे तेस्रो साता

MUNICH, GERMANY - MARCH 08: (BILD ZEITUNG OUT) head coach Hansi Flick of Bayern Muenchen gestures prior to the Bundesliga match between FC Bayern Muenchen and FC Augsburg at Allianz Arena on March 8, 2020 in Munich, Germany. (Photo by Roland Krivec/DeFodi Images via Getty Images)

म्युनिख । जर्मन फुटबल लिग (डीएफएल)ले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित त्रासका कारण स्थगित भएको जर्मन बुन्डेस लिगाको बाँकी मे तेस्रो साता गराउने निर्णय गरेका छन् ।

डीएफएलले बुन्डेस लिगाको शीर्ष दुई श्रेणीको ३६ क्लबसँगको सहमतिमा यो सिजनको बाँकी रहेको खेलहरू मे तेस्रो सातादेखि ‘क्लोज डोर’मा खेलाउने सहमति गरेको हो । बुन्डेस लिगामा नौ चरणको खेल बाँकी छ । बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न म्युनिख ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोरुसिया डर्टमन्ड ५१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बुन्डेस लिगाको प्रायः सबै टोलीले एक साताअघि प्रशिक्षण थालिसकेको छ । टोलीहरूले प्रशिक्षणमा त्यहाँको सरकारको निर्णयलाई ध्यानमा राख्दै सामाजिक दूरी कायम गरी सानो समूह बनाएर प्रशिक्षण गरिरहेको छ ।

डीएफएलको ३० जुनसम्ममा सिजन सकाउने योजना छ । मे १७ या १९ बाट सिजन पुनः सुचारु गर्ने विषयमा अहिले छलफल भइरहेको छ । निर्णय आउन बाँकी छ । डीएफएलले क्लोज डोरमा खेलाउदा २ सय ५० जनाभन्दा बढीलाई मैदान प्रवेशमा रोक लगाउनेछ । जसमा खेलाडी, अफिसियल र लाइभ ब्रोडकास्टका सदस्य रहनेछन् । बुन्डेस लिगा र लिगा २ अप्रिल ३० सम्म स्थगित गरिएको छ । ‘जर्मनीमा मानिसहरू आफ्नो दैनिक जीवनमा फर्किन खोजिरहेका छन् । यसले बुन्डेसलिगा सुरु हुने संकेत गर्छ ।’ बुन्डेस लिगाका प्रमुख कार्यकारी क्रिस्टियन सेफर्टले भने, ‘यो सिजन अन्त्य गर्नु भनेको पाँचवटा क्लबहरू गम्भीर आर्थिक संकटबाट बचाउनु हो । लिग सकाउन सकेको अवस्थामा उनीहरूलाई केही राहत मिल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी