राहत बाँड्न पीडित मजदुर खोज्दै कृष्ण मल्ल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्ल मुलुक लकडाउनले दैनिक गुजारा चलाउन समस्यामा परेका पीडित मजदुर खोज्दै राहत वितरण गरिरहेका छन् । कलाकार मल्ल पत्रपत्रिकामा प्रकाशित समाचार पढेर पीडित परिवारलाई खोज्दै खाद्यान्न सहयोग गर्दै आएका छन् ।

१९ चैतमा राजधानी दैनिकमा प्रकाशति ‘लकडाउनको असर दैनिक ज्यालादारीलाई परिवार पाल्नै धौधौ’ शीर्षक समाचार पढेर ज्यालामजदुरी गरेर घर परिवारको गुजारा गर्दै आएका पीडित मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । कलाकार मल्लले कालोपुलमा भाडामा बस्दै आएकी मिर्गाैला पीडित सीता लामा थिङलाई खाद्यान्न सहयोग गरेका छन् ।

कलाकार मल्लले पीडित थिङलाई मात्र नभएर यस्ता थुप्रै पीडित परिवारलाई पनि सहयोग गर्दै आएका छन् । कलाकार मल्लले तीन दिनअघि मात्र करिब १५ जना प्राविधिकलाई समेत सहयोग गरेको थिए । उनले प्रतिव्यक्ति ३ हजार रुपैयाँ बढी मूल्य बराबरको खाद्यान्न सामग्री पीडितलाई सहयोग गरेका थिए ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पीडित परिवारलाई समेत उनले सहयोग गरेका थिए । मल्ल कलाकारिता साथै सामाजिक सेवा पनि संलग्न रहँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा