अनमोल र प्रदीपलाई घरमै रमाइलो

काठमाडौं । मुलुकमा लकडाउनमा रहँदा यतिबेला अधिकांश कलाकारलाई घरमा दिन बिताउन निकै गाह्रो भएको छ । तर, नेपाली चलचित्रका चल्तीका कलाकारहरूलाई भने त्यस्तो गाह्रो भएको छैन ।

अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई भने लकडाउनले त्यति धेरै पट्यार लाग्दो बनाएको छैन । यी दुवै कलाकारका पारिवारिक स्रोतअनुसार उनीहरू अहिले घरमै खुसी छन् ।

यी दुई अभिनेताको तुलनामा अनमोल केसी प्रायः घरमै बस्न रुचाउँछन् । स्टार कलाकार भएका कारण बाहिर जहाँतहीँ जान गाह्रो हुने भएकाले उनी अरू बेला पनि प्रायः घरमै रमाउने गर्दथे । अहिले लकडाउनको बेला घरबाट बाहिर निक्लनुनपर्ने भएपछि उनलाई झन् आराम भएको छ ।

अभिनेता अनमोल नयाँ चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । यो फिल्मको करिब दुई साता छायांकन भएपछि मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च सतर्कता भन्दै सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने भनेपछि ७ चैतबाट यसको छायांकन रोकिएको हो । यो चलचित्रको छायांकन सम्पन्न गरेपछि अभिनेता अनमोलले अर्को नयाँ चलचित्र पारसको छायांकन सुरु गर्नुपर्ने हुन्छ । अहिले उनी पूर्ण आराममा छन् ।

मुलुकमा लकडाउन खुलेपछि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु गर्नुपर्ने भएकाले यो फिल्मको थप तयारी पनि उनी घरमै बसेर गरिरहेका छन् । यस्तै, चलचित्र पारसको स्क्रिप्ट अध्ययनदेखि अन्य तयारीमा पनि अनमोल जुटिसकेका छन् । बुबा भुवन केसीले आफ्नै गृह व्यानरमा चलचित्र पारस निर्माण गर्ने भएकाले उनका लागि यो चलचित्र पनि विशेष हुनेछ ।

अनमोलको तुलनामा प्रदीप खड्का घरबाहिर निक्लन रुचाउने कलाकार हुन् । तर, अहिले लकडाउनका कारण घरमा बस्दा उनलाई त्यति पट्यारिलो लागेको छैन । गत मंसिर–पुसमा चलचित्र ‘प्रेमगीत ३’ को सुटिङले गर्दा उनले परिवारलाई समय दिन सकेका थिएनन् । प्रदीपको भनाइमा अहिले उनी आफ्नो परिवारसँग रमाइरहेका छन् ।

प्रदीपको नयाँ चलचित्र ‘प्रेमगीत ३’ को रिलिज यही २८ चैत अर्थात् आज तय गरिएको थियो । तर, मुलुकमा कोरोना संक्रमण फैलिएपछि देशभरका सिनेमा हलहरू बन्द भए । मुलुक लडकडाउनको अवस्थामा छ । यही कारण पनि सिनेमा चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शन हाललाई स्थित भएको छ । यो चलचित्रको प्रचारप्रचारमा व्यस्त रहनुपर्ने बेलामा मुलुकको अवस्था यस्तो भएपछि अहिले घरमै बस्नुपरेको अभिनेता प्रदीप खड्काको कथन छ ।

उनी अहिले घरमा परिवारसँग रमाइरहेका छन् । घरमा बस्दा विभिन्न फिल्म हेर्ने र पुस्तक पढ्ने समय यी अभिनेताले पाएका छन् । अभिनेता प्रदीपले स्वदेशीदेखि अन्तर्राष्ट्रियसम्मका सिनेमाहरू अहिले हेरेर दिन बिताएका छन् । काम नपर्दा प्रायः घरमै बस्ने, सिनेमा हेर्ने, पुस्तक पढ्ने विगतको आफ्नो बानी भएकाले यी अभिनेतालाई पनि अहिले लकडाउनले गर्दा त्यति गाह्रो परेको छैन । उनलाई घरमै पनि रमाइलो भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 713 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी