तिलौराकोट गोल्डकपको उपाधि हनामी बीएफसीलाई

कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हनामी बीएफसीले हात पारेको छ। विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गर्दै हनामी बीएफसीले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हात पारेको हो ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पुलिसलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले हनामीले पराजित गरेको हो। खेल सुरु भएको ४ मिनेटमा विएफसीका सुजित बुढाथोकीले पेनाल्टी मार्फत गोल गर्दै हनामीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफ सुरु भएको पहिलो मिनेट भित्र पुलिसका अनुप लिम्बुको गोलले हनामीलाई खेलमा फर्काए। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाई ब्रेकरमार्फत गरिएको हो। टाई ब्रेकरमा पुलिस ४–३ गोल अन्तरले पराजित हुन पुग्यो ।

विएफसीका राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गोल गरे। मनिस तामाङको प्रहार पोस्ट बाहिर गएको थियो । पुलिसका अनुप लिम्बु, विवेक पाण्डे र शिशिर चौधरीले गोल गरे भने पृथ्वी चौधरी र हेम तामाङ गोल गर्नबाट चुके। प्रतियोगिताको विजेता टोली हनामीले ११ लाख ११ हजार १११ प्राप्त गर्‍यो। उपविजेता पुलिसले ५ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर हनामीका भबिन्द्र मल्ल घोषित भए। उत्कृष्ट डिफेन्डर पनि हनामीकै अमृत श्रेष्ठ रहे। उत्कृष्ट मिडफिल्डर पुलिसका पृथ्वी चौधरी र उत्कृष्ट फरवार्ड पुलिसकै विवेक पाण्डे भए। उत्कृष्ट प्रशिक्षक हनामीका ध्रुव भुसाल रहँदा उदीयमान खेलाडी भने आयोजक कपिलवस्तु–११ का मिलन क्षेत्री घोषित भए। प्लेयर अफ दी टुर्नामेन्ट हनामीका सुजित बुढाथोकी बने।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिता विजेता हनामी र उपविजेता पुलिससहित ८ टोलीको सहभागिता रहेको थियो। जसमा थ्रीस्टार, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब , सुदूरपश्चिम-११, सहारा क्लब र आयोजक टोलीबाट कपिलवस्तु –११ रहेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा