काठमाडौं । यही ६ बैशाखदेखि ८ बैशाखसम्म रामेछापको मन्थलीमा तेश्रो ग्रामीण चलचित्र महोत्सब आयोजना हुने भएको छ । यो महोत्सबको सोमबार काठमाडौंको पार्यटन बोर्डमा ‘प्रि उद्घाटन’ आयोजना गरियो ।
यो महोत्सबमा यसपटक ६ वटा चलचित्र, १६ वटा बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । महोत्सबमा छानिएका चलचित्रहरुमा निश्चल बस्नेतको दिमाग खराब, दीपेन्द्र लामाको नाँगो गाउँ, सत्यराज चौलागाईको विच्छेद, लक्ष्मण सुनारको बुलाक, लक्ष्मण सुवेदीको सतिदेवी र कमल एक्चै मगरको डसान रहेको छ । यी ६ चलचित्र मध्य पाँच वटा चलचित्र प्रतिस्पर्धात्मक रुपमा फेस्टिबलका लागि चयन भएका हुन भने बाँकी एकचलचित्र डेसान विशेष रुपमा प्रदर्शनमात्र गरिने भएको छ ।
यस्तै लाघु चलचित्र तथा बृत्तचित्रहरुमा अनिल बुढामगरको आग्रे, पवन केसीकोद डार्क वेकन, भिम लामाले लिलामे माईला, एकल एक्चै मगरको मगर चिनारी, बुद्धिया एस मगरको माराङ, सुरक्ष पौडेलको सिपाईको छोरा, असिम पौडेलको द ग्रेट मुखिया रहेका छन् । यसैगरी यस्तै लाघु चलचित्र तथा बृत्तचित्रहरुमा रामजी ज्ञवालीको रित्तोगाउँ, शिव पुरीको डिस्पेयर, परिच्छेदन सेनको आमा, प्रदीप पोखरेलको स्नो लियोपार्ड, सुरेश डि मुखियाको ईट्टा भट्टा, लक्ष्मी बस्नेतको बनकरिया, अनुपराज राईको स्यालुट, अमृतमान महर्जनको स्वयंनगु र डब्बु क्षत्रीको ‘द सिगरेट’ रहेको छ ।
कार्यक्रमा उधोग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सबको व्यानर पढेर कार्यक्रमलाई उद्घाटन गरे । महोत्सबका लागि चयन भएका यी चलचित्रका निर्देशकहरुलाई प्रमाणपत्र प्रदान गर्दै मन्त्री भण्डारीले यस्ता महोत्सबले नेपालको रैथाने चलचित्रको विकासमा टेवा पुग्ने बताए ।
यो महोत्सब आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले नेपाली चलचित्रहरु शहर र सिनेमाघर केन्द्रित भएका कारण सिनेमाघर नभएका गाउँमा आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताए,‘ग्रामीण क्षेत्रका कथामा बनेका चलचित्र गाउँका दर्शकलाई देखाउने उदेश्य सहित गोखराको बारपकबाट सुरु भएकोयो महोत्सलाई यसपटक मन्थलीको गाउँमा आयोजना गर्दैछौं ।’
यो महोत्सबमा तीन दिननै चलचित्र प्रदर्शन गरिने र उत्कृष्ट चलचित्र एवम् कलाकार प्राविधिकलाई अवार्ड प्रदान गरिने पनि उनले बताए । महोत्सबमा ग्रामीण कथा र नेपाली चलचित्र, पर्यटन र चलचित्र, चलचि र स्थानीय सरकार सहित तीनवटा अन्तरक्रिया आयोजना गरिने पनि सापकोटाले जानकारी गराए ।
महोत्सबका निर्णायक संयोजक एवम् चलचित्र निर्देशक दयाराम दाहालले थुप्रै चलचित्र तथा लघु चलचित्र महोत्सबमा सहभागी भए पनि ती मध्यबाट उत्कृष्टलाई महोत्सबमा देखाउन चयन गरिएको बताए । यस्ता महोत्सबले फरक शैलीका चलचित्र निर्माण गर्ने चलचित्रकर्मीहरुलाई प्रोत्साहन मिल्ने पनि उनले बताए ।






