सनी लियोनका पति खुसी

मुम्बई । पूर्वपोर्न स्टार एवं अभिनेत्री सनी लियोनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको उनका पति डेनियल वेबरले बताएका छन् । आफ्नो दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाउँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मलाई पोर्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ । सनी हिट पोर्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ ।’ पति वेबरले भने,‘ मैले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको थिएँ । म त्यो क्रममा सुटिङमा थिएँ र पहिलो नजरमै उनलाई मन पराएँ ।’ त्यतिबेलासम्म सनी पोर्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि यी अभिनेताले बताए ।

पहिलो भेटघाटमै आफूहरू नजिक भएको र त्यसपछि सनीसँग तीन वर्ष प्रेममा रहेको पनि उनले जानकारी गराए । परिवारको सहमतीमा सनी र वेबरले सन २०११ मा विवाह गरेका थिए । सनी र वेबरले सन्तान नजन्माउने निधो गरे । उनीहरूले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन् ।

विवाहपछि सनीको स्वकीयको काम पनि वेबरले गर्दै आएका छन् । जसका कारण सनी लियोनीलाई निकै सजिलो भएको छ । अहिले पनि आफूलाई सबैले पोर्न स्टार सनीको पति भन्दा खुसी लाग्ने गरेको वेबरले बताए । उनी आफैं पनि पोर्न उद्योगसँग जोडिएका कलाकार हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो