प्रहरीले लागु औषध गाँजाको संजाल तोडदै

बारा । नेपाल प्रहरीले लागु औषध गाँजाको संजाल तोडिरहेको छ । प्रहरीले करिव चार क्विन्टल भन्दा बढी लागु औषध गाँजा सहित गाँजा कारोबारीलाई पक्राउ गरेको हो ।

वैशाख महिनामा प्रहरीको सक्रियताले लागु औषध गाँजा तस्करीको संजाल तोडेको हो । तस्करहरूले अवैध लागु औषध गाँजा हेटौडा हुदै बारा भित्रियाउन गरेको तथ्याङ्कले देखाउँछ ।

लागु औसध गाँजाको ट्रजिप्ट बन्दै गएको बारामा तस्करहरू बिच हडकंप मचेकोछ । प्रहरी उपरिक्षक महेन्द्र खडका अनुसार २ क्विन्टल १६ केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको जानकारी गराए ।

निजगढ नगरपालिका वडा नम्बर १० लालपार्क स्थित रतनपुरी जङ्गलबाट इलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्टको सयुक्त टोलीले पक्राउ गरेको उनले बताए ।

प्रहरी टोलीले ट्रक चालक मकवानपुर हाँडीखोला-६ हाल जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने दिपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका-३० बस्ने जिवन घलान रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

ना ५ ख ७५५२ नम्बरको ट्रकलाई शंकाको अधारमा चेकजाँच गर्दा भारी मात्रामा लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएको उनले बताए ।

वैशाख ६ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका-४ ईनर्वाबाट प्रहरीले गोली चलाएर दुई सय ३० केजी लागूऔषध गाँजासहित रौतहट फतुवा विजयपुर नगरपालिका-४ टेग्राहाका चन्दन पासवानलाई पक्राउ गरेको थियो । त्यसै गरि वैशाख ११ गते १२ केजी गाँजा सहित अम्लेखगंज प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान