दौडमा उषा र प्रकाश च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शनिबार आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगितामा उषा खनाल र प्रकाश थापा मगर च्याम्पियन भए । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ उषाले निर्धारित २० किमी दुरी १ घन्टा ३९ मिनेट १० सेकेन्डमा पार गरेकी हुन् । पुरुषतर्फ च्याम्पियन प्रकाशले निर्धारित २८ किमी दूरी पार गर्न १ घण्टा ३७ मिनेट १३ सेकेन्ड लगाए । पुरुषतर्फ सुरज रानामगर द्वितीय र हिमाल टमाटा तृतीय भए । अच्युतकृष्ण खरेल चौंथो र लक्ष्मण मल्ल पाँचौ भएको समिति अध्यक्ष दीपकबहादुर गोदारले बताए ।

महिला तथा पुरुषतर्फ द्वितीय, तृतीय, चौथो र पाँचौलाई क्रमशः ३०, २०, १० र ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइएको समितिका सदस्य सचिव सुवास खड्काले बताए ।

यसैगरी, पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक ‘पोखरा च्याम्पियन’ बन्दै जनही १० हजार पाए । सोफियाले महिलातर्फ चौंथो भएकोमा १० हजार र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरी कुल २० हजार हात पारिन् ।

पोखरा वडा १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर १ सय जनाभन्दा बढी धावक दौडिएका हुन् । रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र पाए । पोखरा १७, पावरहाउसबाट सुरू दौड महतगौँडा–दोबिल्ला झोलुंगे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी